काठमाडौं–ठूलो मात्रामा लागुऔषध एम्पुलसहित ८ जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
डाइजापाम, फेनारगन, नर्फिनलगायतका औषधीजन्य लागुऔषध करिब ५ हजार एम्पुलसहित ८ जनालाई पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ। यसबारे ब्यूरोले २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ।
पक्राउ परेकामध्ये केही व्यक्ति पहिला पनि लागुऔषध मुद्दामा जेल परेर छुटेकाहरु रहेको ब्यूरो स्रोतले जानकारी दिएको छ।
पछिल्लो समय एम्पुलजन्य लागुऔषधको कारोबार सेवनमा वृद्धि भएको ब्यूरोको तथ्यांक छ। डाक्टरको अनुमतिविना बेच्न नमिल्ने यस्ता एम्पुल दक्षिण सीमावर्ती क्षेत्रबाट किनबेच गरेर लागुऔषधको रुपमा प्रयोग हुँदै आएको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।