काठमाडौं- ओपोले ओपो इन्नो डे २०२१ मार्फत् आफ्नो पहिलो स्व-डिजाइन्ड अत्याधुनिक इमेजिङ एनपीयू-मारिसिलिकन सार्वजनिक गरेको छ।
६एनएम प्रोसेस प्रविधिमार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि-टायर मेमोरी आर्किटेक्चरको समीकरण गरी अद्वितीय ऊर्जा बचतका साथै उत्कृष्ट कार्यदक्षता प्रदर्शन गर्ने कम्पनीले जनाएको छ। यस्तै रियल-टाइम आरएडब्ल्यू प्रशोधनका साथै उत्कृष्ट लाइभ प्रिभ्यूसहित फोरके एआई नाइट भिडियो कैद गर्न सघाउने कम्पनीको भनाइ छ।
'इमेज प्रविधिको सिमाना थप फराकिलो पार्दै अघि बढ्ने ओपोको एक दशकभन्दा लामो अनुभवले क्यामेरा मोड्युल्स, लेन्स र अल्गोरिदमका क्षेत्रमा ओपोलाई उद्योगकै केही ठूला नवप्रवर्तनको प्रवर्तकका रुपमा उभ्याएको छ,' ओपोका वरिष्ठ निर्देशक जियांग बीओले भने, 'हाम्रो नयाँ अत्याधुनिक इमेजिङ एनपीयू हाम्रा लागि अहिलेसम्मकै ठूलो सफलतामध्ये एक हो। यसले मोबाइल इमेजिङ प्रणालीलाई थप शक्ति प्रदान गर्दै उपभोक्तालाई अद्वितीय अनुभव प्रदान गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।