वीरगञ्ज– करिब ६५ लाख रुपैयाँबराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि बोकेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिलविजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।
पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको उक्त ट्रक कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ।
पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा ना६ख ६६६७ नंको मालवाहक ट्रक तथा चाल चितवन राप्ती नपा–४का ३२ वर्षीय सुरेशकुमार लामालाई लाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।