काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ। आइतबार राति सम्पन्न खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २–० गोल अन्तरले हराएको हो।
एट्लेटिकोको जितमा दुवे गोल एन्जल कोरियाले गरेका थिए। खेलको २८ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका कोरियाले ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए।
जितसँगै १९ खेलबाट ३२ अंक जोडेको एट्लेटिको चौथो स्थानमा उक्लिएको छ। पराजित भालेकानो ३० अंकका साथ पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।