काठमाडौं– स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिड गेटाफेसँग पराजित भएको छ। आइतबार राति सम्पन्न खेलमा रियल गेटाफेसँग १–० ले पराजित भएको छ। यो सँगै रियलको १५ खेलसम्मको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।
रियल ३ अक्टोवर २०२१ मा स्पान्योलसँग २–१ ले पराजित भएयता अपराजित रहेको थियो।
घरेलु टोली गेटाफेको जितमा पहिलो हाफमा इनेस युनालले गरेको गोल नै निर्णायक बन्यो। इनेसले खेलको नवौं मिनेटमा गोल गरेका थिए।
एक गोलले पछि परेको रियलले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखे पनि जित हात पार्न भने सकेन।
यो हारसँगै रियल शीर्षस्थानमा यथावत् छ। रियलको २० खेलबाट ४६ अंक रहेको छ। दोस्रो स्थानको सेभियाको १८ खेलबाट ३८ अंक छ। रियललाई हराएको गेटाफे १८ अंकका साथ १६औं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।