काठमाडौं- इङ्ल्यान्ड पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडलाई कोरोना संक्रमण भएको छ।
संक्रमण पुष्टि भएपछि उनी मेलबर्नमा सेल्फ आइसोलेसनमा बसेका छन्। उनी ७ जनवरीसम्म सेल्फ आइसोलेसनमा रहने छन्। बेलायती समाचार माध्यमहरुका अनुसार उनको परिवारका एक सदस्यको परीक्षण पोजिटिभ आएपछि उनी क्वारेन्टिनमा बसेका थिए। उनले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको बताइएको छ।
‘सिल्भरउड आफ्नो परिवारका एक सदस्यको परीक्षण पोजिटिभ आएपछि डिसेम्बर ३० देखि मेलबर्नमा अलग्गै बस्दै आएका छन्। उनी ७ जनवरी सम्म आइसोलेसनमा रहनेछन्। सिल्भरउडमा कुनै लक्षण नदेखिएको र पूर्ण खोप लगाइएको छ,’ इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको विज्ञप्तिमा उल्लेख छ।
योसँगै उनले अस्ट्रेलियाविरुद्धको चौंथो टेस्ट गुमाउने छन्। पाँचौं टेस्टमा भने उनी उपस्थित हुने अनुमान गरिएको छ। सिल्भरउडको अनुपस्थितिमा सहायक प्रशिक्षक ग्राहम थोरपेले टोलीको नेतृत्व गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।