• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

पहिला लोकगीत, अनि शास्त्रीय, तर चिनायो गजलले

64x64
युवराज भट्टराई सोमबार, पुस १९, २०७८  ०६:३६
1140x725

काठमाडौं– बिर्सिएर शृंगारमा गाजल लगाइनछेउ
हत्तेरिका हतारमा गाजल लगाइनछेउ 

करिब १० वर्षअघि थानेश्वर गौतमले गाएको यो गजलले उनको सांगीतिक करिअरलाई नै मोडिदियो। पुरु लम्सालको शब्द तथा गौतमकै संगीत रहेको यो गजल त्यति बेला चल्तीको भन्दा फरक शैलीको थियो।

नेपाली गजल गायनमा पाकिस्तानी गायक गुलाम अलीदेखि आनन्द कार्की, अन्जु पन्त, शिव परियारसम्मको नाम आउँछ। आधुनिक गीतजस्तै गजलका धेरै गायक छैनन्। यिनै थोरै गजल गायकमा मिसिन पुगेका हुन् थानेश्वर।

उनी भन्छन्, ‘यो गजल गाउनुअघि अन्य गीतहरू पनि गाएको थिएँ, चर्चा पनि भएको थियो। तर, यो गजलजस्तो चर्चा अरु गीतको भएन। यसले मलाई समग्र गायन क्षेत्रमै परिचित बनायो।’

थानेश्वर २०५७ सालमा काठमाडौं आएर संगीतमा संघर्ष गरिरहेका थिए। एसएलसी उत्तीर्ण गरेपछि मात्र उनले औपचारिक रूपमा संगीतको अध्ययन सुरु गरेका हुन्। बागलुङबाट काठमाडौं आएपछि उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा पढ्न थाले र संगीतमा नै डुबे। 

उनी परिवारमा एक्लो छोरा हुन्। त्यसैले परिवारको चाहना छोरो घरमै बसोस् भन्ने थियो। संगीतबाहेक अरु नै विषय पढोस् भन्ने पनि थियो। तर, उनले संगीत छाडेर अन्य विषय पढ्न चाहेनन्। 

‘परिवार मात्र होइन गाउँमा समेत संगीत पढ्ने र संगीततिर लाग्ने कोही थिएन। चुनौती नै चुनौती थिए,’ थानेश्वर सम्झिन्छन्, ‘संगीत सिक्नु, संगीत पढ्नु भन्नु जोखिम थियो। पैसा कमाउने जमानामा कसले साथ दिने? हाम्रो समाजले सम्पत्ति, घर र गाडीलाई महत्व दिन्छ। त्यसैले संगीत सिक्न, पढ्न सहज थिएन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

थानेश्वर बागलुङमा हुँदा बुबाले ल्याएको रेडियो बोकेर गीत सुन्दै हिँड्थे। रेडियो सुन्ने बानी नै लागेको थियो। गितार पनि किनेका थिए। जानी नजानी धुनहरु निकाल्दै गीत गुनगुनाउँथे।

काठमाडौं आएपछि पनि उनको बाटो मोडिएन। तर, देशको अवस्था भने अनुकूल थिएन। द्वन्द्वको समय थियो। उनको आफ्नै आर्थिक अवस्था पनि प्रतिकूल थियो। मनमा भने दृढ इच्छाशक्ति थियो।

२०५७ सालमा काठमाडौं आए। त्यसको केही वर्षपछि मात्र बल्ल उनले रेकर्डिङ स्टुडियो पस्ने मौका पाए। त्यति बेला उनले ‘के थाहा छ भगवान’ बोलको लोकलयको गीत गाएका थिए। ‘स्टुडियो देख्नु, गीत गाउनु भनेको त ठूलो कुरा थियो,’ थानेश्वर भन्छन्, ‘त्यो गीतले मलाई मेरो बाटोमा हिँड्न हौसला मिल्यो। अब दौडन सक्छु भन्ने आभास गरायो। संगीतमा मेरो दैलो खोलिदियो।’

थानेश्वरले संगीतमा स्नातकोत्तर गरे। त्यत्तिञ्जेलसम्म धेरै गीत रेकर्ड भइसकेका थिए। पहिला शास्त्रीय संगीतमा लागे। अनि गजल गाए। ‘गाजल लगाइनछेउ’ सार्वजनिक भएपछि उनी झनै धेरै चिनिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसअघि ‘नाकमा फुली, ए मेरी ठूली’ बोलको सालेजो गीत चर्चा आएको थियो। ‘बाटो बन्द भो’ बोलको गीतले पनि संघर्षरत समयमा स्रोतासम्म पुग्न सहज बनाएको थियो। 

गाउँमा लोकगीत सुन्थे र गाउँथे। काठमाडौँ आएपछि आधुनिकसँगै शास्त्रीय गीत गाए। त्यति बेला पनि उनी नेपाली गजल भने सुन्थे। भारतका जगजित सिंह, पंकज उदास, पाकिस्तानी गायक गुलाम अलीलगायतले गाएका गजलमा उनको मन बसेको थियो। अरुका गजलमा भएका आलाप, तानहरुले उनको पनि मनमा झंकार ल्याउँथ्यो। थानेश्वर सोच्थे– यस्तै गाउन पाए त!

‘त्यस्तो गीत कसरी गाउने होला भन्ने लाग्थ्यो मलाई,’ थानेश्वर भन्छन्, ‘बिस्तारै गजलको महत्व र गायनका विशेषताहरु बुझ्दै गएँ। पुरु लम्साल जीको गजल गाएपछि मलाई यसले गजल गायनमा स्थापित गराइदियो।’ उनले उक्त गजल ‘गाजल लगाइनछेउ’ गाएको पनि १० वर्ष भइसक्यो। उनी अहिले पनि कार्यक्रमहरूमा त्यही गजल गाउँछन्। स्रोताले समेत त्यही गजल गाउन आग्रह गर्छन्। 

उनी यहाँसम्म आइपुग्दाको यात्राको अप्ठ्यारो पाटो पनि छ। जब, थानेश्वरले उक्त गजल सार्वजनिक गरेका थिए, नेपाली गीतसंगीत ‘ट्रान्जिसनल’ अवस्थामा थियो। फ्युजन संगीत भित्रिएको थियो। विभिन्न ब्यान्डहरू लोकप्रिय थिए। तर, थानेश्वर भने फरक विधामा जोखिम मोलिरहेका थिए। त्यही जोखिमले सफलता दिलायो। 

‘रातितिर आलाप गाएर सुन्ने कुरा गजल हो, भन्ने सोच थियो,’ थानेश्वर भन्छन्, ‘मान्छेलाई भ्रम थियो, गजलमा विरह हुन्छ भन्ने। तर, मैले त्यो बेला जोखिम लिएर फरक शैलीको गजल गाएँ। सफल पनि भएँ।’

थानेश्वर आफू लोक, आधुनिक, शास्त्रीयलगायतका संगीतका विभिन्न विद्यामा स्वर तथा संगीत दिन्छन्। तर, उनी आफूलाई यी सबै विधामध्ये गजलमा बढी खुल्न सफल भएको मान्छन्। ‘नेपालमा गजलको बजार सानो छ, अझैं विकास हुन बाँकी छ,’ थानेश्वर भन्छन्, ‘तर, गजल  रुचाउनेको संख्या बढिरहेको छ। गजल बुझ्ने र लेख्नेको संख्या पनि बढिरहेको छ।’

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्