काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित आन्तरिकतर्फको टर्मिनलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा सौर्य एयरलाइन्स काठमाडौंमा असिसटेन्टकf रुपमा काम गर्ने रेखा शाक्य पोखरेल रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सुरेन्द्रप्रसाद मैनालीले बताए।
शनिबार सौर्य एयर लाइन्सको एसएयु ७२४ नम्बरको उडानमार्फत दिउँसो १ः५५ बजे विराटनगरबाट काठमाडौं आउको विमानबाट उक्त रकम बरामद भएको हो।
अवैध रकम आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको सादा पोशाकको प्रहरी टोलीले जाँच गर्दा झोला भित्र रातो प्लाष्टिकले बेरेर राखेको अवस्थामा करेन्ट चाउचाउको कार्टुनभित्र ५० लाख भेटिएको हो। स्रोत नखुलेको र भन्सार उद्घोषसमेत नगरिएको ५० लाख रकमसहित रेखालाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।