काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा टोटेनहमले वाट्फोर्डमाथि १–० गोलको जित निकालेको हो।
वाट्फोर्डको मैदानमा सम्पन्न खेलमा टोटेनहमको जितमा डेभिनसन सान्चेजले निर्णायक गोल गरे।
खेलको अन्तिममा सान्चेजले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।
जितसँगै १८ खेलबाट ३३ अंक जोडेको टोटेनहम अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।पराजित वाट्फोर्ड १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।