काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार केन्द्रीय सदस्य र पदाधिकारी टुंग्याउने बताएका छन्।
बन्दसत्रमा सम्बोधन गर्दै प्रचण्डले निर्वाचनबाट जाँदा सबै खाले मनोविज्ञानको सम्बोधन गर्न नसकिने भएकाले सहमतिमै केन्द्रीय कमिटीमा रहने सदस्य र पदाधिकारी टुंग्याउने बताएको एक नेताले जानकारी दिए।
‘आज राति चिसोमा बसेर मतदान गर्नुभन्दा भोलि दिउँसो सहमतिमै टुंग्याउँछौं। भोलिसम्मको समय दिनुस्,’ प्रचण्डको भनाइ थियो।
माओवादीको बन्दसत्र भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। आजै राति मतदान हुने भएको मतदान प्रक्रिया पनि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।