काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढेको छ।
यही क्रममा निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ। यही मतदाता नामावलीमा भएकाहरुबाट नै केन्द्रीय कार्यसमिति चयन हुनेछ।
केन्द्रीय निर्वाचन समितिका सदस्य गोविन्द बटालाले एक हजार ७४२ प्रतिनिधिको नाम प्रकाशित भएको बताए। मतदाता नामावलीमा दाबी विरोधका लागि आधा घण्टाको समय दिइएको उनले बताए।
उनका अनुसार सकेसम्म केन्द्रीय सदस्यहरु सर्वसम्मत चयन गर्ने प्रयास हुनेछ। यसका लागि साँझ ५ बजेसम्मको समय तोकिएको उनले बताए। सर्वसम्मत हुन नसके मतदानमार्फत् केन्द्रीय सदस्य चयन हुने उनले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।