काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सकिएको छ। महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा बैठक बसेको हो।
विधान पारित गर्न बसेको आजको बन्दसत्रमा पदाधिकारीको संख्याबारे फरक-फरक सुझाव आएपछि स्थायी समिति बैठक बसेको हो।
यसअघि केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी हुने निर्धारण गर्दै महाधिवेशनमा प्रस्ताव गरेको थियो। तर महाधिवेशनमा सो संख्या घटाउन र बढाउन दुई थरी सुझाव आएको थियो।
दुई थरी सुझाव आएपछि पदाधिकारीको संख्या निर्धारण गर्न स्थायी समिति बैठक बसेको बताइएको छ।
स्थायी समिति बैठकले केन्द्रीय समितिमा २९९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
यसैबीच अहिले केन्द्रीय समिति र महाधिवेशन आयोजक समितिको बैठक बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।