काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। बैठक शनिबार महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा बसिरहेको हो।
विधान पारित गर्न बसेको आजको बन्दसत्रमा पदाधिकारीको संख्याबारे फरकफरक सुझाव आएको थियो।
यसअघि केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी हुने निर्धारण गर्दै महाधिवेशनमा प्रस्ताव गरेको थियो। तर महाधिवेशनमा सो संख्या घटाउन र बढाउन दुई थरी सुझाव आएको थियो।
दुई थरी सुझाव आएपछि पदाधिकारीको संख्या निर्धारण गर्न स्थायी समिति बैठक बसेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।