काठमाडौं-नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत शनिबार बन्दसत्रको कार्यक्रम सुरु भएको छ।
शनिबार विहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा नेता देव गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिन सुरु गरेका छन्।
उनको जवाफ सकिएसँगै बन्दसत्रमा नयाँ नेतृत्व चयनको विषयले प्रवेश पाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।