• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

के संभव छ पुनर्जन्म, माछासँग मान्छेको संसर्ग र मृतआत्माको आगमन?

64x64
युवराज भट्टराई शनिबार, पुस १७, २०७८  १३:४६
1140x725

काठमाडौं– ‘कहिलेकाहीँ तपाईंले निश्चित सुन्दरतालाई प्रोत्साहन गर्न सबै विषय बुझ्नुपर्छ भन्ने छैन। मलाई लाग्छ, यो फिल्म पनि त्यही मार्गमा हिँडेको छ। यो कसैको दिमागमा निरन्तर हिर्काइरहेको जस्तो हो। सोच्ने शैली केही फरक हुन्छ, कहिले यता कहिले उता उफ्रिरहने बाँदरजस्तो।’

थाई फिल्म निर्देशक आपिचात्पोङ विरासेथकुलले सन् २०१० मा गार्जियनलाई दिएको अन्तरवार्ताको अंश हो यो। प्रसंग, सोही वर्ष प्रदर्शनमा आएको उनको फिल्म ‘अंकल बुङ्मी हु क्यान रिकल हिज पास्ट लाइभ्स’को हो। फिल्ममा देखाइएका दृश्यहरूको विषयमा उनका दर्शकले उठाएका सवालमा उनले कुटनीतिक जवाफ दिएका थिए।

विरासेथकुल ती सिमित थाइ निर्देशकहरुमा पर्छन्, जसले थाइल्याण्डमा कलात्मक फिल्म विकास गर्न योगदान दिए। थाई सरकारको निरन्तरको दबाबबीच पनि उनी फिल्म बनाउन र फिल्ममार्फत थाइल्याण्डमा भएको रुढीवादी विश्वास, पाश्चात्य प्रभाव र उत्तर आधुनिक विकृतिलाई देखाउन लागि परेका छन्।

उनको फिल्म ‘सिन्ड्रोम्स एण्ड सेन्चुरी’मा भएका दृश्यहरूमा सरकारले कैँची चलाउन खोज्दा विरासेथकुलले ‘स्वतन्त्र थाई फिल्म अभियान’को स्थापना गरेर कलात्मक स्वतन्त्रताका लागि वकालत गरेका थिए। जसको जवाफमा त्यहाँको संस्कृति मन्त्रालयले भनेको थियो, ‘आपिचात्पोङको फिल्म हेर्न कोही पनि जाँदैन। थाई मानिसहरुलाई कमेडी हेर्न मन पर्छ। हामीलाई हाँस्न मन पर्छ।’

सत्ता र सरकारको मान्यताविपरीत विरासेथकुल भने कलात्मक किसिमले देशको यथार्थ चित्र उतार्न लागि परे। त्यसैको परिणामस्वरूप आएको फिल्म थियो– अंकल बुङ्मी हु क्यान रिकल हिज पास्ट लाइभ्स।

विरासेथकुलका फिल्म धर्म, परम्परा र रुढीवादी सोचले भरिएका हुन्छन्। उनी स्वयं पनि आफ्नो देशलाई रुढीवादी सोचले भरिएको मान्छन्। अंकल बुङ्मी हु क्यान रिकल हिज पास्ट लाइभ्समा उनले कलात्मक स्वरूपमा आफूले देखेका यी विषय प्रस्तुत गरेका छन्, जसमा पुनर्जन्मदेखि सुन्दरताको चित्रणसम्मका विषय समेटिएका छन्।

पुनर्जन्मको कथा
अंकल बुङ्मी (थानापाट सैसयमेर अभिनित) वृद्ध अवस्थामा छन्। मृत्यु शनैःशनैः उनको नजिक आइरहेको छ। उनी मिर्गौला रोगी हुन्।
उनी किसान भएकाले वृद्ध अवस्थामा पनि खेतबारीतिरै देखिन्छन्। आफ्नो बारी नजिकै बसिरहेका उनको सहयोगका लागि समय-समयमा उनकी बहिनी जेन (जेनजिरा पोङ्पास अभिनित) आउँछिन्।

एक रात जब उनीहरु खाना खाइरहेका हुन्छन्, बुङ्मीकी मृत श्रीमती (नत्थाकर्न अप्हैवोङ अभिनित)को निम्ति दुवै जनाले प्राथना गरिरहेका हुन्छन्। तब, उनीहरुको सामुन्ने एउटा आकृति प्रकट हुन्छ। दशकअघि मरेकी बुङ्मीकी श्रीमती उनीहरुको सामुन्ने आउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

धुमिल आकृति हुँदै बिस्तारै श्रीमतीले मानव आकार लिन्छिन्। दृश्यमा उनको स्वरूप आत्मा (भूत)बाट बिस्तारै वास्तविक शरीरमा प्रतीत हुन्छ। उनी आफ्नो श्रीमान् र उनकी बहिनीले गरेको प्राथना सुनेर त्यहाँ आएकी हुन्छिन्। उनी दृश्यमा यसरी प्रकट हुन्छिन्, लाग्छ उनी जेन र बुङ्मीसँगै छिन्, न कि आत्मा हुन्।

‘डिनर’ गरिरहेका उनीहरु भर्‍याङमा आवाज आएको सुन्छन्। रौंले भरिएको, राता आँखा भएको एउटा आकृति उनीहरुको सामुन्ने आउँछ। त्यो आकृति अरु कसैको नभएर वर्षौंअघि हराएको बुङ्मीको छोरा बोनुसोङ (जीरेसाक कोल्होङ अभिनित)को हुन्छ। राता आँखासहित प्रकट भएको ऊ केही वर्षअघि जंगलमा हराएको थियो।

एकातिर अपिचात्पोङको फिल्ममा बुङ्मी जीवनको अन्तिम समयमा आफ्ना प्रियजनहरूको कल्पना गरिरहेका छन्। अर्कातिर, समानान्तर समय रेखामा उनी आफ्नो पूर्वजन्मलाई पनि सम्झिरहेका हुन्छन्। मृत्युको निकटता बढ्दै जाँदा जब उनी एउटा गुफामा पुग्छन्, त्यो गुफा उनको निम्ती आमाको गर्भको रूपमा हुन्छ। त्यहाँ उनी आफ्नो पूर्वजन्मको कल्पना गरिरहेका हुन्छन्।

Xtrem

Xtrem

मृत्यु अंगाल्नुअघि बुङ्मी त्यही गुफामा जान्छन्। आफूले कुनै बेला गरेको कम्युनिष्टहरुको हत्या र खेतमा मारेका किराहरुको श्राप लागेर यो अवस्थामा आइपुगेको ठान्छन्। अन्तिम क्षणसम्म पनि आफू गुफामा जन्मिएको बताइरहन्छन्। आफ्नो कुनै जुनीमा गुफामा जन्मिएको उनको धुमिल सम्झना छ, तर त्यसलाई पूर्णरूपमा याद गर्न सक्दैनन्। बहिनी जेन र सहयोगी टोङ (सक्दा केइह्वुएडी अभिनित)सँग गुफामा गएका उनको डायलाइसिसका लागि लगाइएको पाइप निकालिन्छ। सपनामा उनी भविष्यको कुनै सभ्यता देख्छन्। भोलिपल्ट उनको मृत्यु हुन्छ।

अर्कातिर, बुङ्मीको मृत्युपछि बहिनी जेन आफ्नो साथी रोङ (कनोकपोर्न थोङ्ग्राम अभिनित)सँग बसेर अन्तिम संस्कारको तयारीमा हुन्छिन्। त्यत्तिकैमा त्यहाँ टोङ आउँछन्, जो हाल लामा भएकाले गुम्बामा बस्ने गरेका हुन्छन्। तर, उनलाई त्यहाँ बस्न मन हुँदैन। थकित भएर आएका उनी नुहाउन छिर्छन्। फर्किएर आउँदा विस्तारामा आफू, रोङ र जेनलाई नै पाउँछन्। बजार जानलाई कोठाबाट जब तीन जना बाहिरिन्छन्, तब कोठाभित्र विस्तारामा पनि उनीहरु नै बसिरहेका हुन्छन्।

माछासँगको संसर्ग र सौन्दर्य साटासाट
एक राजकुमारी छिन्, जो आफ्नो ‘कुरुपता’का कारण विक्षिप्त हुन्छिन्। पाल्कीमा चढेर आफ्ना अंगरक्षकहरुसँग जंगल गइरहेकी उनी बीचैमा रोकिन्छिन्। त्यहाँ रहेको सुन्दर झरनाको सौन्दर्यप्रति लालयित हुन्छिन्। अंगरक्षकसँग उनको प्रेम हुन्छ। अंगरक्षक उनको अनुहार सुन्दर भएको बताइरहन्छन्। तलाउ नजिकै उनीहरु प्रेममा बाँधिइरहेका हुन्छन्।

तलाउको प्रतिबिम्बमा उनी आफ्नो अनुहार सुन्दर भएको पाउँछिन्। उनी आफैंसँगको संवादमा भन्छिन्, ‘प्रतिबिम्ब त फगत एक भ्रम हो। यो पनि भ्रम नै हो त?’

राजकुमारी प्रेमी अंगरक्षकलाई पाल्कीतर्फ पठाएर त्यहाँ नुहाउन लाग्छिन्।

विराशेथकुलले पूर्वजन्मको श्रृङ्खलामा बुङ्मीको विगतलाई बिम्बात्मक रूपमा प्रस्तुत गरेका छन्। यस्तो बिम्ब, जुन सामान्यतयः अन्य फिल्ममा देख्न पाइँदैन।

‘कुरुप’ राजकुमारी झरनाअघि उभिएर आँसु खसाउँछिन्। वस्त्र उतारेर स्नान गर्न झरनाको पानी पत्थरमा ठोकिएर बनेको तलाउमा छिर्छिन्। तलाउमा छिरेसँगै तैरिएर आफूले केही क्षणअघि देखेको प्रतिबिम्बको कल्पना गर्छिन्। त्यत्तिकैमा तलाउमा भएको एक माछा उनको नजिक आउँछ। माछाको बनोट र रङ निकै सुन्दर हुन्छ। माछा राजकुमारीका दुई खुट्टाको बीचमा गई उसँग संसर्ग गर्छ।

एक मिनेटको यो दृश्यमा विराशेथकुलले पूर्वजन्मका दुई श्रृङ्खला प्रस्तुत गरेका छन्। एउटा राजकुमारीको दृष्टिकोणबाट, जो सुन्दरताको स्थापित परिभाषाको उपजस्वरुप आफैंलाई दुःखी बनाइरहेकी छिन्। अर्को, माछाको रुपमा। तलाउमा माछासँगको संसर्गपछि राजकुमारीको रूप उनले चाहेजस्तै सुन्दर बन्छ। राजकुमारीले छाडेका सुनचाँदी जुहारहरू तलाउमै छुट्छन्। उनी आफूले चाहेको ‘सुन्दरता’ लिएर निस्किन्छिन्।

कलात्मक दृश्यको वर्चश्व
थाइल्याण्डमा बलिउडमाजस्तै मसालेदार फिल्महरूको वर्चश्व छ। तर, तीमध्ये विराशेथकुल अपवाद हुन्, जो निरन्तर कलात्मक फिल्ममा काम गरिरहेका छन्।

‘अंकल बुङ्मीः हु क्यान रिकल हिज पास्ट लाइभ्स’ विराशेथकुलले गरेको कलात्मक विद्रोहको एउटा परिणाम हो। बहु–माध्यमिक कलात्मक सिर्जनात्मक प्रोजेक्ट ‘प्रिमिटिभ’को अन्तिम उत्पादन हो यो फिल्म। उनले फिल्मलाई व्यक्तिगत अनुभवसँग जोडेर निर्माण गरेको बताएका थिए। यसअघि यही श्रृङ्खलामा बनेका ‘अ लेटर टु अंकल बुङ्मी’ र ‘फेन्टम्स अफ नेबुवा’ जस्ता लघु चलचित्रहरू पनि कलात्मक तरिकाले बनाएका थिए।

विराशेथकुलको फिल्ममाथि टिप्पणी गर्ने धेरैले यसलाई गतिहीन र अत्यधिक सुस्त भएको टिप्पणी गरेका थिए। तर, ‘अंकल बुङ्मीः हु क्यान रिकल हिज पास्ट लाइभ्स’ गतिहीन नभएर ‘मेडिटेभिभ’ (ध्यान योग्य) गतिमा बगेको छ। दर्शकलाई फिल्मको पर्दामा हेर्दा हरेक दृश्य निकै ढिलो चलेको भान हुन्छ। विराशेथकुलको दृश्यांकनमा भएको विशेषतालाई बुझ्न यो गति नै आवश्यक देखिन्छ।

साधारणभन्दा साधारण ठाउँमा खिचिएका दृश्य पनि कलात्मक लाग्छन्। डायलाइसिसका लागि विस्तारामा बुङ्मी सुतिरहँदा राति झ्याउँकिरीहरू कराएको आवाजसँगै देखिने दृश्य, बुङ्मीका छोरा बोनुसोङले फोटोग्राफी गर्दा ‘मंकी घोष्ट’ खोज्न हिँडेको जस्ता दृश्यहरूको प्रस्तुति निकै कलात्मक छन्। तलाउमा राजकुमारीले माछासँग गरेको संसर्गमा दृश्य सम्पादन अब्बल छ।

तलाउमा छिर्नुअघि ‘कुरुप’ राजकुमारी जब प्रतिबिम्बमा आफ्नो अनुहार हेर्छिन्, तब अनुहारमा एक्कसी चमक देखिन्छ। तलाउमा छिर्दा वातावरणको रङ उदास हुन्छ। तलाउबाट बाहिरिँदा आएको सुन्दरताले वातावरणमा पनि असर पर्छ। यो दृश्यमा प्रयोग भएको रङ संयोजनको पक्ष आफैंमा निक महत्वपूर्ण हो।

आन्द्रेई ताक्रोब्स्कीबाट आफू निकै प्रभावित भएको मान्छन्, विराशेथकुल। उनको फिल्ममा पनि त्यसको प्रभाव देखिन्छ। उनले यो फिल्मलाई ५५ एमएमको क्यामेराबाट खिचेका थिए। आफ्नो बाल्यकालको बुझाइ र सम्झनालाई महसुस गराउन उनले गरेको यो प्रयोग उत्तिकै प्रभावशाली देखिन्छ।

‘कान्स फिल्म महोत्सव’जस्तो प्रतिष्ठित महोत्सवमा ‘पाम डि ओर’ अवार्ड दिलाएको यो फिल्म देखाउन आफ्नो देशमा भने विराशेथकुलले थुप्रै पापड बेल्नु परेको थियो। अवार्ड पाएपछि उनले भनेका थिए, ‘जति पनि हामीले बनाएका फिल्म छन्, थाई दर्शकलाई देखाउन चाहँदैनौं। किनकि, अहिलेको अवस्थामा हामीलाई स्वतन्त्रता छैन। हामी त्यो प्रणालीको भाग बन्न चाहँदैनौ, जहाँ निर्देशकले नै स्वयंलाई सेन्सर गर्नुपर्छ।’

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्