काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन्।
जारी महाधिवेशनको बन्दसत्रमा प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि छलफलका २५ वटा समूह बनाइएको थियो।
समूहगतरुपमा गरिएको छलफलबारे टोली नेताको प्रस्तुति सकिएपछि अध्यक्ष प्रचण्डले त्यसको जवाफ दिइरहेका हुन्।
त्यसअघि जवाफ तय गर्नका लागि आजै स्थायी समिति बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।