काठमाडौं- विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा, काठमाडौंस्थित सिटिसि मलमा खोलेको छ।
रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु उपलब्ध गराउँदैछ।
डिसेम्बर ३० मा खुल्ने यो आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिन देखि ग्राहकहरुले २ हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउने कम्पनीले जनाएको छ।
- २ हप्ताको लागि २ वर्ष भन्दा पूरानावारेन्टी सकिएको मोडलहरुमा ३०% सम्म छुट
- वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १०% छुट
- निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर
यो आधिकारिक सर्भिस सेन्टरबाट बिहान १० बजे देखि बेलुका ६ बजेसम्म सेवा लिन सकिने कम्पनीले जनाएको छ। यस सर्भिस सेन्टर काठमाडौंको सुन्धारा स्थित सिटिसि मलको ५ औं तल्लामा रहेको छ।
इन्ट्री–लेभल स्मार्टफोनहरु देखि आकर्षक डिजाइन र लोकप्रिय फ्ल्यागसिपकिलर लाइनअप, नेपालमा उपलब्ध रियलमीका कासबै स्मार्टफोन ब्रान्डहरुको नयाँमूल्य सहितको सूची यहाँ दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।