काठमाडौं- एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको चारतारे होटल सिराइचुलीबीच विभिन्न छुट प्याकेजहरुमा सम्झौता भएको छ।
बैंक र होटलबीच एनसीसी बैंकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो।
होटलले फुड एण्ड वेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ।
हाल सम्मएनसीसी बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था गरेको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।