काठमाडौं– सिद्धार्थ बैंकले आफ्नो उन्नाइसौं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो।
पुस ८ गते पुस १२ गतेसम्म चलेको रक्तदान कार्यक्रममा कूल ८५८ जनाको सहभागिता रहेको थियो। जसमा ९४ महिला र ७६४ पुरुष रहेका थिए।
अस्पतालहरूलाई जहिले पनि रगतको ठूलो आपूर्तिको आवश्यकता रहेको तर कोभिड–१९ महामारीले गर्दा देखिएको रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ। बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।