काठमाडौं– रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको चौंथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ।
कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा १४७ जनाले रक्तदान गरेका थिए।
कम्पनीले आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।