काठमाडौं– सरकारले सोमबार दुई जना इन्जिनियरको ज्यान जानेगरी भएको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा भएको दुर्घटना छानबिनका लागि समिति गठन गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा मंगलबार तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। ऊर्जामन्त्री पम्फा भुसालको निर्देशनमा समिति गठन गरिएको र सदस्यहरु थप्न बाँकी रहेको उर्जा मन्त्रालय स्रोतले जानकारी दियो।
साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विस्फोट हुँदा इन्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको मृत्यु भएको थियो। दुर्घटनामा थप एक कर्मचारी घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।