• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

पुनरागमनको प्रचण्ड प्रयत्न

64x64
वीरेन्द्र ओली सोमबार, पुस १२, २०७८  २१:१६
1140x725

काठमाडौं- २०७४ साल असोज २१ गते राष्ट्रिय सभा गृहको हल नेकपा माओवादी केन्द्रका नेताहरुले भरिएको थियो। सन्दर्भ थियो, पोलिटब्युरो बैठक। चार दिनअघि एमालेसँग चुनावी गठबन्धन र कालान्तरमा पार्टी एकताको सहमति गरिएपछि उत्पन्न भएको आशंका, संशय र आक्रोशका बीच सो बैठक बोलाइएको थियो। बैठकमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेका थिए- ‘एमालेसँगको एकता भनेको आगोको भट्टीमा हाम फाल्नु सरह हो। जो-जो उत्रिएर आउँछन्, ती नेता हुन्छन्। नआउनेहरु खरानी हुन्छन्। परीक्षा तपाईंहरुको पनि हो। मेरो पनि हो।‘

हजारौं केन्द्रीय सदस्य रहेको पार्टीमा सबैलाई बोलाएर आफ्ना कुरा भन्न सम्भव थिएन। त्यसैले पोलिटब्युरोको बैठक बोलाएर प्रचण्डले प्रशिक्षण शैलीको भाषण गरेका थिए। नेताहरुलाई आश्वस्त तुल्याउन प्रचण्डले भनेका थिए- ‘विचार र अजेण्डा माओवादीसँग भयो। जनमतचाहिँ एमालेमा भयो। त्यसैले एमालेसँग एकता गर्नुपर्छ र त्यहाँ गएर नेता बन्नुपर्छ। नेतृत्वमा पुग्नुपर्छ।‘

एमालेसँग एकताको निर्णय गर्दा 'जनयुद्ध' गर्दा जत्तिकै जोखिम मोलेको प्रचण्डको प्रष्टीकरण थियो। ‘हामीले जनयुद्धमा अनेक दुःख र कष्ट गर्‍यौं। जोखिम मोल्यौं। जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पनि जोखिम नै मोलेको हो’, उनले भनेका थिए, ‘एमालेसँग चुनावमा तालमेल र एकीकरण गर्ने निर्णय पनि जनयुद्ध जत्तिकै जोखिमपूर्ण हो।’

प्रचण्डले समाजवादमा पुग्न एमालेसँग एकताको प्रक्रिया अगाडि बढाएको भन्दै नेताहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए। ‘यो बहस र छलफलको अन्त्य होइन। सुरुवात हो। आफैंभित्रको बहस र छलफलले समाजवादसम्म पुग्न सम्भव छैन। शक्तिशाली नेतृत्वको विकास गर्न बृहत वाम एकता हुनुपर्छ’, उनको भनाइ थियो, ‘हामीले विगत ८/१० वर्षदेखि पार्टी बनाउन बल गर्‍यौं। तर, कताकता गोलचक्रमा फसेँ जस्तै भयो। बरु पार्टी विभाजन हुँदै गयो। हामीले थुप्रै दस्तावेज लेख्यौं। बहस र छलफल गर्‍यौं। तर, पनि राज्य शक्तिलाई हस्तक्षेप गर्न सक्ने स्थिति बनेन।’

प्रचण्डले प्रस्तुत गरेका सम्पूर्ण तर्कहरुले उनी एमालेसँगको एकताबाट के चाहन्थे भन्ने प्रष्ट हुन्छ। जे होस्, उनले एमालेसँग गरेको सहमतिलाई पोलिटब्युरोले गडगडाहट तालीसहित अनुमोदन गर्‍यो। परिणामतः माओवादी, एमालेसँग गठबन्धन गरेर चुनावमा सामेल भयो। चुनावमा दुवै पार्टीले बलियो परिणाम प्राप्त गरे। २०७५ जेठ ३ गते त दुई पार्टीबीच एकता नै भयो।

तीन वर्ष पनि टिकेन एकता
एकताका बेला तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र प्रचण्डलाई जेट विमानको पाइलटको रुपमा प्रस्तुत गरे। सुरुवातका केही समय दुई नेताबीच निकै निकट सबन्ध पनि बन्यो। नेकपाको एकतालाई टिकाएर त्यसको एकल अध्यक्ष बन्ने चाहना प्रचण्डको थियो। त्यसैले पनि उनले ओलीसँग सहज सम्बन्ध बनाइरहेका थिए। एक हदसम्म उनी सफल पनि देखिएका थिए।

नेकपा एकताको दिन गरिएको 'गोप्य' सहमति अनुसार आधा कार्यकालको प्रधानमन्त्री पद प्रचण्डलाई छाड्नुपर्ने समय नजिकिएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच खटपट सुरु भयो। आधा कार्यकाल प्रधानमन्त्री बन्न नपाउने र विकल्पमा कार्यकारी अध्यक्ष पनि बन्न नदिने भएपछि प्रचण्डले पूर्वएमालेका केही नेताहरुको साथ लिएर ओलीमाथि दबाब बढाए। अन्ततः २०७६ मंसिर ४ गते ओली पाँचै वर्ष प्रधानमन्त्री हुने र प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने निर्णय भयो। तर, ओलीले प्रचण्डलाई अधिकार प्रयोगमा सघाएनन्। बरु आफू नै पहिलो वरीयताको अध्यक्ष हो भन्दै प्रचण्डको तेजोबध गरिदिए।

तैपनि, प्रचण्डले हार खाएनन्। उनले पार्टीको काममा आफूलाई केन्द्रित गर्न चाहे। सोही अनुसार, तत्कालीन नेकपाको २०७६ माघ १५ देखि १९ गतेसम्म आयोजना भएको केन्द्रीय कमिटीको बैठक विशेष महत्त्वको रह्यो। बैठकमा पहिलो पटक जीवन्त छलफल भएको माओवादी स्थायी समिति सदस्य हरिबोल गजुरेल बताउँछन्। ‘सो बैठक निकै सफल भयो। जीवन्त छलफल भयो। समाजवादमा पुग्न के-के गर्नुपर्छ भनेर बहस भयो। एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल गठन भयो’, उनले भने, ‘त्यो बैठकपछि केपी ओली पक्ष प्रचण्डसँग निकै झस्कियो। अब प्रचण्डले नेकपा खाने भए भन्ने भयो। प्रचण्डले एमाले कब्जा गर्ने भए भनेर गोप्य बैठक बसेछ। त्यहीँबाट नेकपा विभाजनको रेखा कोरियो।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि एमसीसी, कर्णाली विद्रोह, प्रचण्डले पार्टी सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठको प्रतिवेदन लगायत विषयहरु थपिँदै गएपछि २०७७ पुस ५ गते ओलीले संसद विघटन गरे। त्यसपछि पार्टी विवाद उत्कर्षमा पुग्यो। एकले अर्कालाई कारबाही गर्ने शृंखला चल्यो। अन्ततः २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीबीचको एकता भंग गरिदियो। माधव कुमार नेपालले पनि एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरे।

पार्टीको साख फर्काउने प्रयत्न
एमालेसँग एकता गरेर शक्तिमा पुग्ने अपेक्षा गरेका प्रचण्ड सफल हुन सकेनन्। एकता नै भंग भएपछि उनी फेरि नयाँ प्रयोगमा जुटेका छन्।

कम्युनिस्ट पार्टीमा विचारको बहस हुनै छाडेको भन्दै राम कार्की, लेखनाथ न्यौपाने, हेमराज भण्डारी, रामदीप आचार्यले आन्तरिक बहस उठाउन थालेका थिए। त्यस्तै, पार्टीबाहिर मोहन वैद्य, सिपी गजुरेल, विश्वभक्त दुलाल ‘आहुति’, गोपाल किराती, नेत्रविक्रम चन्द ‘विप्लव’, हेमन्तप्रकाश ओली लगायत नेताहरुले समेत क्रान्तिकारी विचार र पार्टीको विषय उठाउँदै आएका थिए।

ती सबैले उठाउँदै आएको विषयलाई समेत जोडेर प्रचण्डले राजनीतिक, आर्थिक, सामाजिक तथा पर्यावरणका विषयलाई समेत थपथाप पारेर आफ्नो प्रतिवेदन ल्याएका छन्, जारी आठौं महाधिवेशनमा। प्रतिवेदनमा उनले आत्मसमीक्षा गरेका छन्। त्यस्तै, क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी बनाउने उद्घोष गरेका छन्। त्यसो गर्न सकिएमा आफ्ना पुराना दौँतरीलाई पनि आफूमै जोड्न सकिने उनको रणनीति बुझ्न सकिन्छ। त्यसैले प्रचण्डले माओवादी पृष्ठभूमिका शक्तिहरुसँग नजिकिने खालको प्रतिवेदन तयार गरेका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रचण्डले विचारलाई नै प्रधान बनाएर प्रतिवेदन पेश गर्ने अभिव्यक्ति दिने गरेकाले अन्य नेताहरुले पनि विचारकै विषय उठाउने गरेका छन्।

प्रचण्डको प्रतिवेदनले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीलाई असर पर्न सक्छ। उनीहरुले उठाइरहेका विषय प्रचण्डले प्रतिवेदनमै समेटेर बहस गर्न थालेपछि ती पार्टीका कार्यकर्ता माओवादीमै जोडिनसक्ने विश्लेषण गर्न थालिएको छ। माओवादी पृष्ठभूमिबाहेक नेकपा एकीकृत समाजवादी, नेकपा मसाल, नेकपा माले लगायत दलमा पनि प्रभाव पर्न सक्छ। 

प्रचण्डनिकट बुद्धिजिवीले पार्टीमा विचार मर्दै गएको भन्दै दिएको सुझावलाई समेत सम्बोधन हुने गरी प्रतिवेदन ल्याइएको छ। त्यसैले प्रचण्डको प्रतिवेदनले अन्य थप प्रभाव पार्न सक्छ।

समग्रमा, पार्टीभित्र सुधारको आकांक्षा राख्ने नेता तथा कार्यकर्ता, माओवादी विभाजन गरेर र छाडेर गएकाहरु, अन्य कम्युनिस्ट घटकहरुदेखि बुद्धिजीवीलाई समेत चित्त बुझाउने खालको प्रतिवेदन लेखनमा प्रचण्डले शक्ति खर्च गरेका छन्। पुनः शक्तिशाली बन्ने उनको यो प्रयत्न कति सफल हुन्छ, त्यो केही समयमै प्रष्ट हुनेछ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्