काठमाडौं– मंसिर महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बिमा शुल्क आर्जन गरेको छ।
कम्पनीले यस अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको हो।
आ.व. २०७८/७९ को पहिलो त्रैमासिक अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमा लेख जारी, ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।