• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ओलीकै पदचापमा देउवा : शक्तिशाली निकायलाई बालुवाटारको ‘डन्डा’ बनाइँदै

64x64
नेपाल लाइभ सोमबार, पुस १२, २०७८  १३:४३
1140x725

काठमाडौं– सर्वोच्च अदालतको असार २८ गतेको फैसला र परमादेशसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए। अनि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए।

प्रधानमन्त्रीका रुपमा देउवाको पाँचौं कार्यकाल सुरु भएलगत्तै धेरैले गरेको एउटा अपेक्षा थियो– अब ओलीका पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत लगिएका कतिपय शक्तिशाली निकाय पूरानै ठाउँमा फिर्ता हुनेछन्।

ओलीले २०७४ सालमा आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता शक्तिशाली निकाय प्रधानमन्त्री मातहत ल्याएका थिए। त्यसअघि राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमातहत थियो भने अन्य राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अर्थ मन्त्रालयमातहत।

यी त्यस्ता निकाय हुन् जसलाई मुलुकका प्रमुख कार्यकारी मात्र होइन, लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहँदा पनि आफ्नो ‘डन्डा’का रुपमा दुरुपयोग गरेका थिए। विरोधी तह लगाउने र असुली गर्ने माध्यम बनाएका थिए।

देउवाबाट यो अपेक्षा गरिनुको कारण थियो, ओलीले ती निकायहरु प्रधानमन्त्री मातहत लैजाँदा स्वयं देउवा र नेपाली कांग्रेसका नेताहरुले चर्को विरोध गरेका थिए। देउवाले नै असीमित शक्ति अभ्यास गर्न ओलीले त्यसो गरेको आरोप लगाउँदै यसलाई 'अधिनायकवादी अभ्यास'समेत भनेका थिए।

तर, ६ महिना बित्नलाग्दा पनि देउवाले ओलीले गरेको त्यो ‘गलत अभ्यास’ सच्याउने प्रयत्न गरेनन्। सच्याउनु त के, बरु उनी ओलीकै अभ्यासमा आफू स्वयं अझ अघि बढ्न अग्रसर देखिएका छन्।

‘हामीले आफैंले बोलेको कुरामा कायम रहन पनि अब यी निकाय पूरानै ठाउँमा फर्काउनुपर्छ भनेका थियौं। उहाँले यसबारे केही गर्छु पनि भन्नुभएको थियो’, देउवालाई आफूहरुले सम्झाएको उल्लेख गर्दै कांग्रेसका एक नेताले भने, ‘तर, किन हो खै, उहाँले त्यसमा रुचि नै देखाउनु भएन।’

पीएमओको हतियार बनाईंदै
राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याइनुबारे तत्कालीन प्रधानमन्त्री ओलीका आफ्नै तर्क थिए। उनले यसको बचाउमा जेसुकै तर्क गरे पनि ती निकाय मूलतः ‘पीएमओ टिम’ भनिने उनको सचिवालयले चलाउने 'अस्त्र' बनेका थिए। राजस्व र सम्पत्तिको स्रोत पहिल्याउने नाममा त्यसबेला पीएमओबाटै ठूलो मोलमोलाईसमेत भएको ती निकायमा कार्यरत अधिकारीहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले ठ्याक्कै त्यही हुन थालेको जानकारहरु बताउँछन्। ओलीको जस्तो देउवाको ‘पीएमओ टिम’ व्यवस्थित छैन। तर, यसको सञ्चालन प्रधानमन्त्री देउवापत्नी डा. आरजु राणा देउवाले गरिरहेको ‘ओपन सेक्रेट’ छ। अहिले प्रधानमन्त्री मातहत ल्याइएका निकाय चलाउने काम पनि त्यही ‘टिम’ले गरिरहेको बालुवाटार स्रोत बताउँछ।

‘यहीकारण पनि प्रधानमन्त्रीज्यूले प्रतिपक्षमा रहँदा गरेका कुरा बिर्सेझैं गर्न थाल्नुभो। ती निकाय अब प्रधानमन्त्री मातहत नै राख्ने निधोमा उहाँ पुग्नु भएको देखिन्छ’, स्रोतले भन्यो।

अहिले देउवाको क्याबिनेट टिममा विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ छन्। सिंहदरबारमा बसेर श्रेष्ठले नै यी निकाय हेर्ने जिम्मेवारी पाएको बताइन्छ। तर, यिनको खास सञ्चालन भने ‘पीएमओ टिम’ले नै गरिरहेको छ। ‘त्यसका लागि राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागमा आफूअनुकुल मान्छेलाई जिम्मेवारी दिइएको छ’, स्रोतले भन्यो, ‘तिनै मान्छेको सहयोगमा त्यहाँबाट अधिकतम लाभ उठाउने प्रयास भइरहेको छ।’

यो पनि पढ्नुहोस्

के ओलीले प्रधानमन्त्री मातहत ल्याएका विभागहरू फिर्ता होलान् ?आइतबार, भदौ ६, २०७८

लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा राजस्व अनुसन्धान विभागलाई ‘सूची बनाउने’ जिम्मा दिएका थिए। त्यो यस्तो सूची हुन्थ्यो जसमा ठूला उद्योगी र व्यापारीदेखि कार्कीका विरोधीसम्मको नाम हुन्थ्यो। त्यही सूचीका आधारमा बेनामे उजुरी लिएर छानबिनको उपक्रम सञ्चालन गरिन्थ्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘पैसावालालाई तर्साएर असुल्ने उद्देश्य हुन्थ्यो, बाँकीलाई तह लगाउने’, राजस्व अनुसन्धान स्रोतले भन्यो, ‘लोकमानको जगजगीमा कसैले त्यसो गर्दिनँ भन्ने अवस्था थिएन।’

अवस्था ठ्याक्कै त्यही नभए पनि अहिले पीएमओले त्यस्तै शैली अवलम्बन गरेको स्रोत बताउँछ। ‘अब ढिलोचाँडो चुनाव हुने नै छ। चुनावका लागि खर्च उठाउने तारतम्य मिलाउन अहिलेदेखि नै सक्रियता देखाइएको छ। त्यसकै लागि पीएमओ टिम सक्रिय भएको छ’, स्रोतले भन्यो।

यी सबै गतिविधिमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले पनि सघाइरहेको दाबी स्रोतको छ। बालुवाटार स्रोतका अनुसार पछिल्लो समय राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको समेत बालुवाटारमा आवतजावत बढेको छ।

यस्तै शैली सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि अवलम्बन गरिएको र त्यसका लागि सूचना संकलन गर्ने काम राष्ट्रिय अनुसन्धान विभागमार्फत् भइरहेको स्रोत बताउँछ। लोकमानका पालामा पनि सूचना संकलन गर्ने काममा यसैगरी राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको थियो।

लोकमानका निम्ति सूची तयार पारिदिएको प्रकरणमा तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दीलिप रेग्मी ठूलो विवादमा मुछिएका थिए। 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्