• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ओलीकै पदचापमा देउवा : शक्तिशाली निकायलाई बालुवाटारको ‘डन्डा’ बनाइँदै

64x64
नेपाल लाइभ सोमबार, पुस १२, २०७८  १३:४३
1140x725

काठमाडौं– सर्वोच्च अदालतको असार २८ गतेको फैसला र परमादेशसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए। अनि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए।

प्रधानमन्त्रीका रुपमा देउवाको पाँचौं कार्यकाल सुरु भएलगत्तै धेरैले गरेको एउटा अपेक्षा थियो– अब ओलीका पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत लगिएका कतिपय शक्तिशाली निकाय पूरानै ठाउँमा फिर्ता हुनेछन्।

ओलीले २०७४ सालमा आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता शक्तिशाली निकाय प्रधानमन्त्री मातहत ल्याएका थिए। त्यसअघि राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमातहत थियो भने अन्य राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अर्थ मन्त्रालयमातहत।

यी त्यस्ता निकाय हुन् जसलाई मुलुकका प्रमुख कार्यकारी मात्र होइन, लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहँदा पनि आफ्नो ‘डन्डा’का रुपमा दुरुपयोग गरेका थिए। विरोधी तह लगाउने र असुली गर्ने माध्यम बनाएका थिए।

देउवाबाट यो अपेक्षा गरिनुको कारण थियो, ओलीले ती निकायहरु प्रधानमन्त्री मातहत लैजाँदा स्वयं देउवा र नेपाली कांग्रेसका नेताहरुले चर्को विरोध गरेका थिए। देउवाले नै असीमित शक्ति अभ्यास गर्न ओलीले त्यसो गरेको आरोप लगाउँदै यसलाई 'अधिनायकवादी अभ्यास'समेत भनेका थिए।

तर, ६ महिना बित्नलाग्दा पनि देउवाले ओलीले गरेको त्यो ‘गलत अभ्यास’ सच्याउने प्रयत्न गरेनन्। सच्याउनु त के, बरु उनी ओलीकै अभ्यासमा आफू स्वयं अझ अघि बढ्न अग्रसर देखिएका छन्।

‘हामीले आफैंले बोलेको कुरामा कायम रहन पनि अब यी निकाय पूरानै ठाउँमा फर्काउनुपर्छ भनेका थियौं। उहाँले यसबारे केही गर्छु पनि भन्नुभएको थियो’, देउवालाई आफूहरुले सम्झाएको उल्लेख गर्दै कांग्रेसका एक नेताले भने, ‘तर, किन हो खै, उहाँले त्यसमा रुचि नै देखाउनु भएन।’

पीएमओको हतियार बनाईंदै
राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत ल्याइनुबारे तत्कालीन प्रधानमन्त्री ओलीका आफ्नै तर्क थिए। उनले यसको बचाउमा जेसुकै तर्क गरे पनि ती निकाय मूलतः ‘पीएमओ टिम’ भनिने उनको सचिवालयले चलाउने 'अस्त्र' बनेका थिए। राजस्व र सम्पत्तिको स्रोत पहिल्याउने नाममा त्यसबेला पीएमओबाटै ठूलो मोलमोलाईसमेत भएको ती निकायमा कार्यरत अधिकारीहरु बताउँछन्।

Ncell 2
Ncell 2

अहिले ठ्याक्कै त्यही हुन थालेको जानकारहरु बताउँछन्। ओलीको जस्तो देउवाको ‘पीएमओ टिम’ व्यवस्थित छैन। तर, यसको सञ्चालन प्रधानमन्त्री देउवापत्नी डा. आरजु राणा देउवाले गरिरहेको ‘ओपन सेक्रेट’ छ। अहिले प्रधानमन्त्री मातहत ल्याइएका निकाय चलाउने काम पनि त्यही ‘टिम’ले गरिरहेको बालुवाटार स्रोत बताउँछ।

‘यहीकारण पनि प्रधानमन्त्रीज्यूले प्रतिपक्षमा रहँदा गरेका कुरा बिर्सेझैं गर्न थाल्नुभो। ती निकाय अब प्रधानमन्त्री मातहत नै राख्ने निधोमा उहाँ पुग्नु भएको देखिन्छ’, स्रोतले भन्यो।

अहिले देउवाको क्याबिनेट टिममा विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ छन्। सिंहदरबारमा बसेर श्रेष्ठले नै यी निकाय हेर्ने जिम्मेवारी पाएको बताइन्छ। तर, यिनको खास सञ्चालन भने ‘पीएमओ टिम’ले नै गरिरहेको छ। ‘त्यसका लागि राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागमा आफूअनुकुल मान्छेलाई जिम्मेवारी दिइएको छ’, स्रोतले भन्यो, ‘तिनै मान्छेको सहयोगमा त्यहाँबाट अधिकतम लाभ उठाउने प्रयास भइरहेको छ।’

यो पनि पढ्नुहोस्

के ओलीले प्रधानमन्त्री मातहत ल्याएका विभागहरू फिर्ता होलान् ?आइतबार, भदौ ६, २०७८

लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा राजस्व अनुसन्धान विभागलाई ‘सूची बनाउने’ जिम्मा दिएका थिए। त्यो यस्तो सूची हुन्थ्यो जसमा ठूला उद्योगी र व्यापारीदेखि कार्कीका विरोधीसम्मको नाम हुन्थ्यो। त्यही सूचीका आधारमा बेनामे उजुरी लिएर छानबिनको उपक्रम सञ्चालन गरिन्थ्यो।

‘पैसावालालाई तर्साएर असुल्ने उद्देश्य हुन्थ्यो, बाँकीलाई तह लगाउने’, राजस्व अनुसन्धान स्रोतले भन्यो, ‘लोकमानको जगजगीमा कसैले त्यसो गर्दिनँ भन्ने अवस्था थिएन।’

अवस्था ठ्याक्कै त्यही नभए पनि अहिले पीएमओले त्यस्तै शैली अवलम्बन गरेको स्रोत बताउँछ। ‘अब ढिलोचाँडो चुनाव हुने नै छ। चुनावका लागि खर्च उठाउने तारतम्य मिलाउन अहिलेदेखि नै सक्रियता देखाइएको छ। त्यसकै लागि पीएमओ टिम सक्रिय भएको छ’, स्रोतले भन्यो।

यी सबै गतिविधिमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले पनि सघाइरहेको दाबी स्रोतको छ। बालुवाटार स्रोतका अनुसार पछिल्लो समय राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको समेत बालुवाटारमा आवतजावत बढेको छ।

यस्तै शैली सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि अवलम्बन गरिएको र त्यसका लागि सूचना संकलन गर्ने काम राष्ट्रिय अनुसन्धान विभागमार्फत् भइरहेको स्रोत बताउँछ। लोकमानका पालामा पनि सूचना संकलन गर्ने काममा यसैगरी राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको थियो।

लोकमानका निम्ति सूची तयार पारिदिएको प्रकरणमा तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दीलिप रेग्मी ठूलो विवादमा मुछिएका थिए। 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
सम्बन्धित सामग्री
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
पृथ्वीनारायण शाहको तस्बिरबारे जंगी अड्डा- राष्ट्र निर्माता तन्त्र र वादभन्दा माथि भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अ... सोमबार, पुस ७, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु शनिबार, पुस १२, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्