• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के ओलीले प्रधानमन्त्री मातहत ल्याएका विभागहरू फिर्ता होलान् ?

शरद ओझा आइतबार, भदौ ६, २०७८  ०७:०५
1140x725

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १ चैत २०७४ मा ‘नेपाल सरकार कार्यविभाजन नियमावली’ संशोधन गर्‍यो। उक्त संशोधनबाट गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग तथा अर्थ मन्त्रालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगिएको थियो। शक्ति केन्द्रीकृत गर्ने सोचले तत्कालीन प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण विभागलाई आफूमातहत लगेको आरोप लागेको थियो।

तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले ओलीको कदमको विरोध गरेको थियो। सामाजिक सञ्‍जालमा पनि ओलीको आलोचना भएको थियो। तर, उनी प्रधानमन्त्री रहँदासम्म तीनवटै विभागलाई आफ्नो मातहत राखिरहे।

कांग्रेसका सभापति शेरबहादुर देउवा गएको २८ असारमा प्रधानमन्त्री भएपछि ती विभाग पूर्ववत् अवस्थामा फिर्ता गर्नुपर्ने आवाज उठ्दै आएको छ। तर, के देउवाले तत्कालै तीनवटै विभागलाई पूर्ववत् अवस्थामै फिर्ता गर्लान् त?

सबैभन्दा पहिला तीन वटा विभागले के काम गर्छन्, त्यो बुझौँ।

राष्ट्रिय अनुसन्धान विभाग
राष्ट्रिय अनुसन्धान विभागको प्रमुख जिम्मेवारी देशभित्रका महत्त्वपूर्ण र गोप्य सूचना संकलन गर्नु हो। गुप्तचरको सूचनाविना शासन सत्ता सञ्चालन निकै कठिन हुन्छ।

शरद ओझा

अनुसन्धान विभागको कार्यालय ७७ जिल्लामा छ। विभागका कर्मचारी आफ्नो परिचय गोप्य राखेर आवश्यक सूचना संकलन गर्छन्। करिब साढे तीन वर्ष गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत रहँदा कस्ता-कस्ता सुरक्षा चुनौतीको सूचना संकलन गर्न विभाग सफल भयोे? विश्लेषण गरिनुपर्छ।

विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लैजाँदा गुप्तचरको सूचना गृहमन्त्रीभन्दा प्रधानमन्त्रीलाई छिटो पुग्ने गरेको छ। कतै सुरक्षा चुनौती भए सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गृह प्रशासनबाट हुन्छ। त्यसकारण गृहमन्त्रीले पनि गुप्तचरको सूचना पाइहाल्छन्। फरक यत्ति हो, विगतमा गृहमन्त्रीबाट प्रधानमन्त्रीसमक्ष सूचना पुग्थ्यो भने परिवर्तित व्यवस्थाले प्रधानमन्त्रीबाट गृहमन्त्रीमा सूचना पुग्ने अवस्था सिर्जना भएको छ।

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालय जुनसुकै निकाय मातहत राख्दा पनि खासै फरक पर्दैन। विभाग गृह मन्त्रालय मातहत हुँदा पनि महत्त्वपूर्ण सूचना वा जानकारी भए विभागीय प्रमुखले गृहमन्त्रीभन्दा अगाडि प्रधानमन्त्रीलाई सूचना दिन सक्छन्। विभाग कुन कार्यालय मातहत राख्नेभन्दा पनि विभागको गुप्तचरी क्षमता कसरी अभिवृद्धि गर्ने भन्नेमा बहस हुनुपर्छ।

Ncell 2
Ncell 2

यदि, गुप्तचरको क्षमता बलियो हुन्थ्यो त सायद टीकापुर घटना, गौर घटनालगायतका कयौँ घटना रोक्न सकिने थियो। केही षड्य‍न्त्रको जानकारी अनुसन्धान विभागले समयमै पत्ता लगाउन सकेकाले दुर्घटना पनि रोक्न सकिएका होलान्। तर, यथार्थ के हो भने, नेपालको राष्ट्रिय अनुसन्धान विभागको गुप्तचरी क्षमता बलियो छैन। उपकरण, तालिम र प्रविधि उपलब्ध गराएर गुप्तचरलाई बलियो बनाउनुपर्ने आवश्यकता छ। त्यसपछि जुनसुकै निकाय मातहत राखे पनि हुन्छ।

राजस्व अनुसन्धान विभाग
राजस्व अनुसन्धान विभागको मुख्य काम राजस्व चुहावट नियन्त्रण गर्दै सरकारी खातामा रकम बढाउन सहयोग गर्नु हो। विभागले भन्सार छली, कर छली, फर्जी बिल विजक वा सरकारलाई कम राजस्व तिर्न गरिएका गतिविधिको छानबिन गर्दै कारबाहीको दायरामा ल्याउँछ। यो विभागले आफैं कर उठाउनभन्दा पनि कर उठाउने विभागले राम्ररी काम गरे/नगरेको र कर तिर्ने व्यक्तिले वास्तविक कर तिरे/नतिरेको अनुसन्धान गर्छ।

नेपालमा राजस्व उठाउने मुख्य जिम्मेवारी अर्थ मन्त्रालय मातहतका आन्तरिक राजस्व विभाग र भन्सार विभागको हो। राजस्व अनुसन्धान विभागले भन्सार विभाग र आन्तरिक राजस्व विभागले हेर्ने र हेर्न छुटाएका क्षेत्रको पहिचान गर्छ। कर उठाउने जिम्मेवारी र कर उठाएको ठीक भए/नभएको हेर्ने जिम्मेवारी एउटै मन्त्रालय मातहत राख्दा उपयुक्त हुन्छ त?

भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकको कार्यसम्पादन मूल्यांकन अर्थसचिवले गर्छन्। यस्तै यी दुई विभागको काम अनुगमन र अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशकको कार्यसम्पादन मूल्यांकन पनि अर्थसचिवले नै गर्ने प्रणाली ठीक थियो? कर उठाउने र अनुसन्धान गर्ने निकायको विभागीय प्रमुख एउटै व्यक्तिलाई बनाउनु उपयुुक्त हुन्छ? गठबन्धन सरकारका मन्त्रीले अनुसन्धान गर्ने निकायलाई अनुचित दबाब दिँदा प्रथम श्रेणीको कर्मचारी (महानिर्देशक)ले कसलाई गुनासो गर्ने?

साढे तीन वर्षअगाडि राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएपछि भन्सार छलीका घटनामा भन्सार विभागका कर्मचारीलाई कारबाही भएको छ। फर्जी बिल विजक प्रकरणमा ठूलो अनुसन्धान भएर मुद्दा दायर भएको छ। प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयका अधिकारीको सहयोग हुँदा मन्त्री वा सचिवको दबाबले अनुसन्धान प्रभावित नहुने पनि देखिएको छ। राजस्व अनुसन्धान विभागलाई पुनः अर्थ मन्त्रालय मातहत लैजानु दूधको साँची बिरालो बनाउनुजस्तै हो। त्यसैले ओली सरकारले गरेको निर्णय सच्याउने नाममा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत लैजानु हुँदैन। करदातासँग नियमित सम्पर्क गर्ने र अनुसन्धान गर्ने निकाय एउटै मन्त्रालय मातहत हुनु हुँदैन।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम गैरकानुनी र स्रोत नखुलेको आर्जनलाई पहिचान गर्दै कारबाहीको दायरामा ल्याउनु हो। तर, व्यवहारमा विभागका गतिविधि हल्ला गर्नेमा मात्र केन्द्रित छन्। हुन त कानुनले विभागलाई वित्तीय अपराधको अनुसन्धान गर्ने असीमित अधिकार दिएको छ। फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुन र निकाय नबनाए नेपाललाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि २०६८ सालमा विभाग स्थापना गरिएको थियो। तर, प्रथम श्रेणीको कर्मचारीको नेतृत्वमा रहने विभागले खासै काम गर्न नसकेको पछिल्लो १० वर्षको अनुभवले देखाएको छ।

यस्तो विभागलाई जुनसुकै मन्त्रालय मातहत राख्दा पनि खासै फरक पर्दैन। तर, सत्ता सञ्चालकको नियत सफा हुने र गैरकानुनी आर्जन, स्रोत नखुलेको सम्पत्ति र वित्तीय अपराधलाई नियन्त्रण गर्ने वास्तविक चाहना हुने हो भने सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को‍ कार्यालय मातहत राख्नु उपयुक्त हुन्छ।

किनभने, सम्पत्ति शुुद्धीकरण संगठित अपराध निवारण ऐनले विभागलाई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भन्दा कयौँ बढी अधिकार दिएको छ। आयोगले त सरकारी निकाय र सरकारी काममा अनियमितता भए/नभएको र सरकारी कर्मचारीले अकूत आर्जन गरे/नगरेको मात्र हेर्न पाउँछ। विभागले भने देशभरका नागरिकको सम्पत्तिको स्रोतको अनुसन्धान गर्नसक्छ।

विभागले प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, सचिवलगायत देशका सबै उच्च पदस्थ र निजी क्षेत्रका अधिकारीको सम्पत्तिको स्रोत पनि खोज्न सक्छ। जुन तहको कानुनी अधिकार दिएर विभाग बनाइएको छ, त्यसका आधारमा विभागलाई उच्च तहको राजनीतिक निगरानी र नेतृत्व पनि आवश्यक हुन्छ। त्यसैले विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहनु उचित हो।

सत्तामा पुग्नेको नियत देश हितभन्दा पनि व्यक्तिगत हित हुने हो भने त जुनसुकै निकायलाई जहाँ राख्दा पनि केही फरक पर्दैन।

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जेन–आन्दोलनपछि ओली पहिलोपटक बालुवाटारमा
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ
राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
जेन–आन्दोलनपछि ओली पहिलोपटक बालुवाटारमा शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
भारतीयको मुटु नेपाली युवतीमा: केरलास्थित एर्नाकुलम जनरल अस्पतालमा सफल मुटु प्रत्यारोपण शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्