• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के ओलीले प्रधानमन्त्री मातहत ल्याएका विभागहरू फिर्ता होलान् ?

शरद ओझा आइतबार, भदौ ६, २०७८  ०७:०५
1140x725

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १ चैत २०७४ मा ‘नेपाल सरकार कार्यविभाजन नियमावली’ संशोधन गर्‍यो। उक्त संशोधनबाट गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग तथा अर्थ मन्त्रालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगिएको थियो। शक्ति केन्द्रीकृत गर्ने सोचले तत्कालीन प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण विभागलाई आफूमातहत लगेको आरोप लागेको थियो।

तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले ओलीको कदमको विरोध गरेको थियो। सामाजिक सञ्‍जालमा पनि ओलीको आलोचना भएको थियो। तर, उनी प्रधानमन्त्री रहँदासम्म तीनवटै विभागलाई आफ्नो मातहत राखिरहे।

कांग्रेसका सभापति शेरबहादुर देउवा गएको २८ असारमा प्रधानमन्त्री भएपछि ती विभाग पूर्ववत् अवस्थामा फिर्ता गर्नुपर्ने आवाज उठ्दै आएको छ। तर, के देउवाले तत्कालै तीनवटै विभागलाई पूर्ववत् अवस्थामै फिर्ता गर्लान् त?

सबैभन्दा पहिला तीन वटा विभागले के काम गर्छन्, त्यो बुझौँ।

राष्ट्रिय अनुसन्धान विभाग
राष्ट्रिय अनुसन्धान विभागको प्रमुख जिम्मेवारी देशभित्रका महत्त्वपूर्ण र गोप्य सूचना संकलन गर्नु हो। गुप्तचरको सूचनाविना शासन सत्ता सञ्चालन निकै कठिन हुन्छ।

शरद ओझा

अनुसन्धान विभागको कार्यालय ७७ जिल्लामा छ। विभागका कर्मचारी आफ्नो परिचय गोप्य राखेर आवश्यक सूचना संकलन गर्छन्। करिब साढे तीन वर्ष गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहत रहँदा कस्ता-कस्ता सुरक्षा चुनौतीको सूचना संकलन गर्न विभाग सफल भयोे? विश्लेषण गरिनुपर्छ।

विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लैजाँदा गुप्तचरको सूचना गृहमन्त्रीभन्दा प्रधानमन्त्रीलाई छिटो पुग्ने गरेको छ। कतै सुरक्षा चुनौती भए सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गृह प्रशासनबाट हुन्छ। त्यसकारण गृहमन्त्रीले पनि गुप्तचरको सूचना पाइहाल्छन्। फरक यत्ति हो, विगतमा गृहमन्त्रीबाट प्रधानमन्त्रीसमक्ष सूचना पुग्थ्यो भने परिवर्तित व्यवस्थाले प्रधानमन्त्रीबाट गृहमन्त्रीमा सूचना पुग्ने अवस्था सिर्जना भएको छ।

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालय जुनसुकै निकाय मातहत राख्दा पनि खासै फरक पर्दैन। विभाग गृह मन्त्रालय मातहत हुँदा पनि महत्त्वपूर्ण सूचना वा जानकारी भए विभागीय प्रमुखले गृहमन्त्रीभन्दा अगाडि प्रधानमन्त्रीलाई सूचना दिन सक्छन्। विभाग कुन कार्यालय मातहत राख्नेभन्दा पनि विभागको गुप्तचरी क्षमता कसरी अभिवृद्धि गर्ने भन्नेमा बहस हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यदि, गुप्तचरको क्षमता बलियो हुन्थ्यो त सायद टीकापुर घटना, गौर घटनालगायतका कयौँ घटना रोक्न सकिने थियो। केही षड्य‍न्त्रको जानकारी अनुसन्धान विभागले समयमै पत्ता लगाउन सकेकाले दुर्घटना पनि रोक्न सकिएका होलान्। तर, यथार्थ के हो भने, नेपालको राष्ट्रिय अनुसन्धान विभागको गुप्तचरी क्षमता बलियो छैन। उपकरण, तालिम र प्रविधि उपलब्ध गराएर गुप्तचरलाई बलियो बनाउनुपर्ने आवश्यकता छ। त्यसपछि जुनसुकै निकाय मातहत राखे पनि हुन्छ।

राजस्व अनुसन्धान विभाग
राजस्व अनुसन्धान विभागको मुख्य काम राजस्व चुहावट नियन्त्रण गर्दै सरकारी खातामा रकम बढाउन सहयोग गर्नु हो। विभागले भन्सार छली, कर छली, फर्जी बिल विजक वा सरकारलाई कम राजस्व तिर्न गरिएका गतिविधिको छानबिन गर्दै कारबाहीको दायरामा ल्याउँछ। यो विभागले आफैं कर उठाउनभन्दा पनि कर उठाउने विभागले राम्ररी काम गरे/नगरेको र कर तिर्ने व्यक्तिले वास्तविक कर तिरे/नतिरेको अनुसन्धान गर्छ।

नेपालमा राजस्व उठाउने मुख्य जिम्मेवारी अर्थ मन्त्रालय मातहतका आन्तरिक राजस्व विभाग र भन्सार विभागको हो। राजस्व अनुसन्धान विभागले भन्सार विभाग र आन्तरिक राजस्व विभागले हेर्ने र हेर्न छुटाएका क्षेत्रको पहिचान गर्छ। कर उठाउने जिम्मेवारी र कर उठाएको ठीक भए/नभएको हेर्ने जिम्मेवारी एउटै मन्त्रालय मातहत राख्दा उपयुक्त हुन्छ त?

भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकको कार्यसम्पादन मूल्यांकन अर्थसचिवले गर्छन्। यस्तै यी दुई विभागको काम अनुगमन र अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागका महानिर्देशकको कार्यसम्पादन मूल्यांकन पनि अर्थसचिवले नै गर्ने प्रणाली ठीक थियो? कर उठाउने र अनुसन्धान गर्ने निकायको विभागीय प्रमुख एउटै व्यक्तिलाई बनाउनु उपयुुक्त हुन्छ? गठबन्धन सरकारका मन्त्रीले अनुसन्धान गर्ने निकायलाई अनुचित दबाब दिँदा प्रथम श्रेणीको कर्मचारी (महानिर्देशक)ले कसलाई गुनासो गर्ने?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साढे तीन वर्षअगाडि राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएपछि भन्सार छलीका घटनामा भन्सार विभागका कर्मचारीलाई कारबाही भएको छ। फर्जी बिल विजक प्रकरणमा ठूलो अनुसन्धान भएर मुद्दा दायर भएको छ। प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयका अधिकारीको सहयोग हुँदा मन्त्री वा सचिवको दबाबले अनुसन्धान प्रभावित नहुने पनि देखिएको छ। राजस्व अनुसन्धान विभागलाई पुनः अर्थ मन्त्रालय मातहत लैजानु दूधको साँची बिरालो बनाउनुजस्तै हो। त्यसैले ओली सरकारले गरेको निर्णय सच्याउने नाममा राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत लैजानु हुँदैन। करदातासँग नियमित सम्पर्क गर्ने र अनुसन्धान गर्ने निकाय एउटै मन्त्रालय मातहत हुनु हुँदैन।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम गैरकानुनी र स्रोत नखुलेको आर्जनलाई पहिचान गर्दै कारबाहीको दायरामा ल्याउनु हो। तर, व्यवहारमा विभागका गतिविधि हल्ला गर्नेमा मात्र केन्द्रित छन्। हुन त कानुनले विभागलाई वित्तीय अपराधको अनुसन्धान गर्ने असीमित अधिकार दिएको छ। फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुन र निकाय नबनाए नेपाललाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि २०६८ सालमा विभाग स्थापना गरिएको थियो। तर, प्रथम श्रेणीको कर्मचारीको नेतृत्वमा रहने विभागले खासै काम गर्न नसकेको पछिल्लो १० वर्षको अनुभवले देखाएको छ।

यस्तो विभागलाई जुनसुकै मन्त्रालय मातहत राख्दा पनि खासै फरक पर्दैन। तर, सत्ता सञ्चालकको नियत सफा हुने र गैरकानुनी आर्जन, स्रोत नखुलेको सम्पत्ति र वित्तीय अपराधलाई नियन्त्रण गर्ने वास्तविक चाहना हुने हो भने सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को‍ कार्यालय मातहत राख्नु उपयुक्त हुन्छ।

किनभने, सम्पत्ति शुुद्धीकरण संगठित अपराध निवारण ऐनले विभागलाई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भन्दा कयौँ बढी अधिकार दिएको छ। आयोगले त सरकारी निकाय र सरकारी काममा अनियमितता भए/नभएको र सरकारी कर्मचारीले अकूत आर्जन गरे/नगरेको मात्र हेर्न पाउँछ। विभागले भने देशभरका नागरिकको सम्पत्तिको स्रोतको अनुसन्धान गर्नसक्छ।

विभागले प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, सचिवलगायत देशका सबै उच्च पदस्थ र निजी क्षेत्रका अधिकारीको सम्पत्तिको स्रोत पनि खोज्न सक्छ। जुन तहको कानुनी अधिकार दिएर विभाग बनाइएको छ, त्यसका आधारमा विभागलाई उच्च तहको राजनीतिक निगरानी र नेतृत्व पनि आवश्यक हुन्छ। त्यसैले विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहनु उचित हो।

सत्तामा पुग्नेको नियत देश हितभन्दा पनि व्यक्तिगत हित हुने हो भने त जुनसुकै निकायलाई जहाँ राख्दा पनि केही फरक पर्दैन।

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्