काठमाडौं– नबिल बैंकका ग्राहकले आफ्नो खाताबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सक्ने भएका छन्। नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ एप)मार्फत खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ले नबिल बैंकसँग सम्झौता गरेको छ।
ग्राहकहरूले अब खल्ती वालेटमा विना झन्झट सिधै बैंकको नबिल स्मार्ट बैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन्। यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए।
त्यस्तैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।