काठमाडौं– शिवम् सिमेन्ट्सले प्रदेश २ का विभिन्न १२ स्थानमा निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम गरेको छ। सो कार्यक्रममा १ हजारभन्दा बढी निर्माणकर्मीको जोखिम बहन बिमासमेत गरिएको कम्पनीले जनाएको छ।
सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुकासाथ साथै हरेक सहभागी निर्माणकर्मीका लागि ५ लाख रूपैयाँ बराबरको दुर्घटना बीमा पनि गरिएको थियो। यो सँगै देशका विभिन्न स्थानहरुमा शिवम् सिमेन्टले २५ सयभन्दा बढी निर्माणकर्मीको जोखिम बहन बीमा गरिसकेको छ।
मिर्चैया, गोलबजार, लाहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारी लगायतका १२ स्थानमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दैनिक आइपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।