काठमाडौं- नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले ल्याएको ‘मिनी इन्टनेट प्लान’ ल्याएको छ। उक्त योजनाअन्तर्गत थोरै इन्टरनेट प्रयोग हुने घरहरूमा ‘सुपर फास्ट’ इन्टरनेट सस्तोमा प्रदान गर्ने कम्पनीले जनाएको छ।
यस मिनी प्लानअन्तर्गतको मिनी-७५ प्याकमा वार्षिक ग्राहक बनी मात्र ८०० रुपैयाँ प्रतिमहिनामा ७५ एमबीपीएसको इन्टरनेट पाइने कम्पनीले जनाएको छ। नयाँ वर्षको अफरअन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ। यस सिममार्फत् ग्राहकहरुले प्रत्येक महिना चार जीबीका दरले एक वर्षसम्म कूल ४८ जीबी मोबाइल डेटा पाउने छन्।
‘त्यस्तै, यो सिममार्फत् ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको एक जीबी थप निःशुल्क मोबाइल डेटाजस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भायानेटले दुई हप्ताअघि मात्र अल्ट्राफाइ लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पिड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो। ‘यस अल्ट्राफाइ प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र एक हजार २५० रुपैयाँ प्रतिमहिनामा १७५ एमबीपीएस इन्टरनेट प्लानका साथै दुई वटासम्म भाया टीभी प्याकेजको सदस्यता निःशुल्क पाइन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।