सांकेतिक तस्बिर
काठमाडौं– एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए।
विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतले जानकारी दियो।
बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थापामाथि अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।