फरार कैदी जयराम परियार
काठमाडौं– दाङको घोराही कारागारबाट कैदी फरार प्रकरणमा एक प्रहरीसहित पाँच जनाको मिलेमतो रहेको पाइएको छ।
छानबिनमा अहिलेसम्म पाँच जनाको मिलेमतोमा कैदी भगाएको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए।
कैदी भगाउन सहयोग गरेको पाइएपछि प्रहरी जवान धनबहादुर चौधरीलाई बिहीबार नै पक्राउ गरेर अनुसन्धान सुरु गरिएको थियो। उनीसँगै २ जना व्यक्ति पनि पक्राउ परेका छन्। दुईजना भने अहिलेसम्म फरार रहेको एसपी काफ्लेले बताए।
उनीहरुले कैदीका नाइकेसमेत रहेका दाङको राजपुर गाउँपालिकाका २७ वर्षीय जयराम परियारलाई प्रहरीकै मोटरसाइकल चढाएर भगाएका थिए। प्रेमिकाको हत्या गरेको कसुरमा चौधरीलाई जिल्ला अदालत दाङले जन्मकैदको फैसला सुनाएको थियो।
जन्मकैदको सजाय भोगिरहेका परियार बिरामीको बहाना बनाएर प्रहरीले नै लु ३४प ४१० मा चढाएर भगाएको खुलेको एसपी काफ्लेले बताए।
उनी बिहीबार बिहान बाइकसँगै भागेको भए पनि साँझ मात्रै प्रहरी जवान चौधरीले खबर गरेका थिए। फरार कैदीको खोजी भइरहे पनि अहिलेसम्म भेटिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।