काठमाडौं– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ। एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।