पाल्पा– निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर मजदुरको मृत्यु भएको छ। बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी रहेको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढबहादुर थापाले जानकारी दिए। घटना बिहीबार बिहान करिब साढे ११ बजेतिर भएकाले शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।