काठमाडौं– नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको छ।
बंगलादेशमा बिहीबारदेखि शुरु भएको प्रतियोगतामा नेपालले बंगलादेशसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो सेट १७–२५ र तेस्रो सेट २५–१९ ले गुमाउँदै पराजित हुन पुग्यो।
अब नेपालले दोस्रो खेलमा शुक्रबार उज्वेकिस्तान, तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ।
अब नेपाली महिला टोलीले २४ डिसेम्वरमा महिला टोलीले माल्दिभ्ससँग खेल्नेछ। २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ। लिगकम नकआउट चरणपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ। तेस्रो र चौथोले २८ डिसेम्वरमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ। पुरुष र महिलाको फाइनल २९ डिसेम्वरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।