काठमाडौं– सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिलको रुपमा सम्मानित भएका हुन्।
महान्यायाधिवक्ता कार्यालयले पूर्वसरकारी वकिलहरु मोहन प्रसाद शर्मा, केदारनाथ उपाध्याय, देवशरण प्रसाद, बलराम केसी., नरेन्द्र कुमार श्रेष्ठ, लीलाबहादुर बस्नेत, नन्दबहादुर सुवेदीलाई सम्मान गरेको छ।
यस्तै, नरेन्द्र प्रसाद पाठक, चेतनाथ घिमिरे बहालवाला न्यायाधीश, पुष्पराज कोइराला, टिकाबहादुर हमाल, कुमार चुडाल, प्रेमराज कार्की लगायतलाई सम्मानित गरेको थियो।
सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायवमहान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको थियो। यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।