धनगढी– कैलालीमा नेपाली रुपैयाँ १८ लाख २७ हजारसहित भारतीय नागरिक पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–०२ स्थित मित्रनगर भन्सार नाकाबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा १ जना भारतीय युवालाई कैलाली प्रहरीले १८ लाख २७ हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतीय राज्य उत्तरप्रदेशको लाखिमपुर खिरी बस्ने निरज राजपुत छन्। भारतबाट नेपाल प्रवेश गर्दै गरेका व्यक्तिलाई चेकजाँचका क्रममा राजपुतले ज्याकेटभित्र ठूलो परिणाममा नेपाली रुपैयाँ लुकाएको भेटिएको थियो।
पक्राउ परेका राजपुतविरुद्ध थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।