• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

चीनसँग सम्झौता भएको आठ वर्षसम्म किन रोकियो जुनार, सुन्तलाको निर्यात?

64x64
डुक्पा छिरिङ मोक्तान बुधबार, पुस १४, २०७८  १४:१६
1140x725

काठमाडौँ– नेपालले जुनार र सुन्तला जातका फलफूल निर्यातका लागि चीनसँग २०६९ असार १५ मै सम्झौता गरेको थियो। चिनिया राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउँदा २०७६ असोज २५ गते उक्त सम्झौता परिमार्जन भएको थियो। त्यसअनुसार निर्यातका लागि ‘प्रोटोकल’ पनि बनिसकेको छ। तर, निर्यात भने हुन सकेको छैन।

नेपालले सम्झौताअनुसार गुणस्तर कायम गरेर उत्पादन गर्न नसक्दा जुनार, सुन्तला र सुन्तला जातका फलफूल चीन निर्यात हुन नसकेको हो। नेपालले उत्पादन गर्ने यी फलफूल निर्यातका लागि रोगमुक्त हुनुपर्छ। पछिल्लो समय जुनार र सुन्तलाको पकेट क्षेत्रमा नै यी फलफूलमा किरा लाग्ने गरेको छ। 

यी फलफूलको पकेट क्षेत्र मानिएको धनकुटामा सुरुमा जुनारमा लागेको किरा पछि सुन्तलामा पनि सरेको थियो। किराकै कारण धनकुटामा पछिल्लो समय जुनार र सुन्तलाको उत्पादन घटेको छ। उत्पादित फलफूल पनि किराबाट बचाउन विषादी हाल्ने गरिएको छ। अन्य जिल्लामा पनि यस्तै समस्या भएको किसान बताउँछन्।

सम्झौतामा उल्लेख भएको प्रोटोकलअनुसार उत्पादन गर्न नसक्दा यो वर्ष पनि जुनार, सुन्तला निर्यात हुने संभावना नरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। यी फलफूललाई रोगमुक्त गर्न नसकिएको उनी बताउँछन्। ‘जुनारमा रोगहरु देखिएको छ। निर्यात गर्ने फलफूल गुणस्तरीय हुनुपर्छ। रोग केही मात्रमा कम भए पनि यो वर्ष प्रोटोकलअनुसार उत्पादन भएर निर्यात गर्ने संभावना छैन,’ उनले भने। 

उत्पादन भएका फलफूल पनि पूर्वाधार नहुँदा भण्डारण गर्न नसकिएको कारण निर्यात हुन नसकेको उनी बताउँछन्। निर्यात गर्दा ठूलो संख्यामा जुनार, सुन्तला भण्डारण गरेर एक साथ पठाउनुपर्ने हुन्छ। तर, त्यसका लागि भण्डारणस्थल समेत नभएको उनको भनाइ छ।

अहिले नेपालमै जुनार, सुन्तलाको बजार राम्रो रहेकाले चीन पठाउन हतार गर्नुपर्ने अवस्था नभएको सञ्जेलले बताए। उनले भने, ‘नेपालमा नै सुन्तला र जुनारले राम्रो मूल्य पाएको छ। बजार पनि छ। त्यसैले अहिले बाहिर पठाउन हतारिनुपर्ने अवस्था छैन।’

गत वर्ष भने सरकारले कोभिड–१९ को कारण देखाएर यी फलफूल निर्यात नहुने जनाएको थियो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका तत्कालीन सचिव डा. योगेन्द्र कार्की अहिलेकै अवस्थामा नेपालले जुनार र सुन्तला निर्यात गर्न नसक्ने बताउँछन्। तर, नेपालले चीनमा राम्रो बजार पाउन सक्ने उनी बताउँछन्। उनले भने, ‘गत वर्ष चीन पनि तयार भयो, हामी पनि तयार थियौँ। तर, अन्तिम समयमा आएर निर्यात हुन सकेन।’

यो वर्ष जुनार, सुन्तला चीन निर्यातका लागि सरकारी पक्षबाट आफूहरूसँग कुनै छलफल नभएको ‘सिन्धुली जुनार, सुन्तला सुपर जोन’का प्रमुख देवराज कार्कीले बताए। उनका अनुसार मंसिरको पहिलो साताबाटै जुनार, सुन्तला टिप्न सुरु गरिन्छ। ‘बारीमा सुन्तला पाकिसक्यो,’ उनले भने, ‘गत वर्ष हामीले पनि जुनार, सुन्तला चीन निर्यात गर्ने भनेर विषादी नहाली फलाएका थियौँ। चिनियाँ व्यवसायीहरू जुनार, सुन्तला हेर्न आएका पनि थिए। तर, अन्तिम समयमा आएर निर्यात भएन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

गत आर्थिक वर्षदेखि जुनार, सुन्तला चीन निर्यात हुनेमा किसानहरू उत्साहित थिए। तर, सरकारले किसानलाई आशा मात्र देखाएको रामेछापका जुनार तथा सुन्तला व्यवसायी भीम श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘सरकारले किरामुक्त जुनार तथा सुन्तला चीन निर्यात गर्ने भनेपछि कुनै औषधि हालेनौँ। त्यसअघि हामीले किरा नलागोस् भनेर दशैँ, तिहारअगाडि नै जुनारमा आठ पटकसम्म औषधि हाल्ने गरेका थियौँ।’ 

चीनसँगको सम्झौतापछि चिनियाँ व्यवसायी रामेछाप, सिन्धुली र स्याङ्जामा पनि जुनार सुन्तलाको बगैंचा अवलोकन गर्न गएका थिए। चीन पठाउने जुनार, सुन्तला ‘अर्गानिक’ हुनुपर्छ। गुणस्तरमा पनि एकरुपता हुनुपर्ने कार्की बताउँछन्। तर, नेपालले प्रोटोकलअनुसार गुणस्तर कायम गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। 

भण्डारण गर्न पूर्वधार नहुँदा समस्या 
नेपालमा उत्पादन भएको सुन्तला र जुनार चीन निर्यातका लागि सबभन्दा ठूलो समस्या भण्डारणको हो। सरकारले अहिलेसम्म फलफूलको लागि छुट्टै भण्डारण गृह बनाएको छैन। 

जुनार, सुन्तला बोटबाट टिपेर कम्तीमा २१ दिन भण्डारण गर्नुपर्छ। यसअघि सरकारले ललितपुर युएन पार्क नजिकै १० टन क्षमताको भण्डारण गृह बनाउने योजना बनाएको मन्त्रालयका प्रवक्ता सञ्जेलले बताए। अहिले बोटमै सिजनका बेला राम्रो बिक्री भइहरहेकोले लामो समयसम्म स्टोर गरेर अफ सिजनमा बिक्री गर्नुपर्ने आवश्यकता नरहेको उनी बताउँछन्।

यी फलफूलको चीन निर्यात पनि सुनिश्चित नहुँदा भण्डारणका लागि पूर्वधार बनाउन नसकेको सञ्जेलको भनाइ छ। भण्डारण बनाएर पहिला त्यसमा जुनार राखेर परीक्षण गरेपछि मात्र चीन निर्यात गरिने उनले बताए। ‘भण्डारण गर्ने ठाउँ खोजेर हामीले निर्यातको अन्तिम तयारी पनि गरेका थियौँ। तर, कोरोना महामारीका कारण त्यो प्रयास सफल भएन,’ उनले भने। नेपालमा पहाडी क्षेत्रका ३८ र हिमाली क्षेत्रका चार गरी ४२ जिल्लामा सुन्तला जातका फलफूलको व्यवसायिक खेती हुन्छ।

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
डीडीसीको घ्यू अब दुबईमा, पहिलो चरणमा ६ सय किलो निर्यात नेपाली दुग्धजन्य उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित डीडीसीले पहिलो खेप घिउ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पठाएको... शुक्रबार, भदौ ५, २०८३
अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानी... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
सदनमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रचण्डको प्रश्न– ‘यहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?’ बुधबार, भदौ १७, २०८३
उद्धारमा सरकार असफल भयो, अब राहत र पुनर्निर्माणमा गम्भिर हुनुपर्छ : प्रचण्ड बुधबार, भदौ १७, २०८३
सर्वोच्चको फैसला लत्याउँदै निजी सञ्चारमाध्यमलाई सूचना निषेध गर्ने निर्देशिका कार्यान्वयनमा बुधबार, भदौ १७, २०८३
सरकार फिल्डमा भन्दा फेसबूकमा धेरै लाग्यो : कांग्रेस बुधबार, भदौ १७, २०८३
राहत लिएर आइपुग्यो अमेरिकी सेनाको जहाज बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्