काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
पार्टीको १४औं महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेल दुई हजार ३०६ मत ल्याई विजयी भएका हुन्।
गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका धु्रव वाग्ले निर्वाचित भएका छन्। वाग्लेले दुई हजार ७२० मत प्राप्त गरे।
यस्तै, प्रदेश केन्द्रीय सदस्य महिलातर्फ सरस्वती अर्याल तिवारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
पोखरेल यसअघि पार्टीको १२औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।