• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

करोडका नमूना बस्तीबाट हौसिएका धुर्मुस-सुन्तली अर्बको योजनामा यसरी चुके

न रह्यो कलाकारिता, न ‘समाजसेवा’
64x64
युवराज भट्टराई बिहीबार, पुस ८, २०७८  ०७:०४
1140x725

काठमाडौं– हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्दा ताली मात्र होइन, गाली पनि पाएका थिए। गालीको स्वर सानो थियो। उनीहरूले चितवनको भरतपुरमा २०७५ माघ १६ देखि रंगशाला निर्माणको कामै सुरु गरे।

त्यति बेला कतिपयले अरुसँग ‘चन्दा’ जुटाएर समाजसेवा नहुने तर्क गरेका थिए। कतिपयले भने ‘उनीहरूको काम कलाकर्म भएकाले त्यही गर्न’ सुझाएका थिए। अनि, केहीले ठूलो आयोजना भएकाले पार लगाउने विषयमै शंका गरेका थिए।

यो शंका यथार्थमा परिणत भएको छ। उनीहरूले क्रिकेट रंगशाला निर्माणको कामबाट हात झिकेका छन्। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकालाई पत्र लेख्दै ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि भएको सम्झौताअनुरुप सबै जिम्मेवारी लिन अनुरोध गरेको छ। 

हालसम्म आफूहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेसन’मार्फत रंगशाला निर्माणको काम ३५ प्रतशित पूरा गरेको उनीहरूको भनाइ छ। विषम परिस्थिति सिर्जना भएको र करोडौँ रुपैयाँ ऋण भएकाले काम अघि बढाउन नसक्ने उनीहरूले पत्रमा उल्लेख गरेका छन्। 

धुर्मुस-सुन्तलीको समाज सेवा अभियानमा यो सबैभन्दा धेरै लगानी हुने महत्वाकांक्षी आयोजना थियो। त्यसअघि उनीहरूले सरसफाइदेखि नमूनावस्ती निर्माणलगायत कार्य गरेका थिए। 

तर, रंगशाला निर्माणमा भने उनीहरू सफल भएनन्। अहिलेसम्म १६ करोड उधारो तिर्न बाँकी रहेको फाउन्डेसनले जनाएको छ। आर्थिक संकट भएपछि पाँच महिनादेखि रंगशाला निर्माणको काम रोकिएको छ। यसअघि कोरोना महामारीको बेला र चाडबाडमा समेत काम रोकिएको थिएन।

कलाकारिताबाट समाजसेवाको यात्रा
२०७२ सालमा भुकम्प आउनुअघि धुर्मुस र सुन्तली समाज सेवामा सक्रिय हुँदै थिए। बागमती सरसफाइ अभियानदेखि सडक सफाइसम्ममा उनीहरू संलग्न भए। २०७१ माघ २१ मा सरकारले उनीहरूलाई ‘सरसफाइ सद्भावना दूत’ घोषणासमेत गरेको थियो। २०७२ मा ‘राष्ट्रिय सरसफाइ अभियान–२०७२’ अन्तर्गत पूर्व–पश्चिम राजमार्ग सफाइमा पनि उनीहरू जोडिएका थिए। 

उनीहरूले टेलिभिजन कार्यक्रम ‘मेरी बास्सै’बाट नाम कमाएका थिए। देशविदेशमा राम्रो 'क्रेज' थियो। स्टेज कार्यक्रममा भ्याइनभ्याइ थियो। टेलिभिजनमा स्थापित धुर्मुसले विस्तारै फिल्ममा हात हाले। २०७० मा धुर्मुसले अभिनय गरेको फिल्म ‘छ एक्कान छ’ले राम्रो व्यापार गरेको थियो। २०७१ वैशाखमा प्रदर्शनमा आएको ‘नाइ नभन्नु ल-२’मा पनि धुर्मुसको अभिनय थियो। त्यसपछिको ‘वडा नम्बर ६’को लोकप्रियताले धुर्मुसलाई सामाजिक कार्यमा लाग्दा राम्रै सहयोग पुग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७२ वैशाख १२ गतेको भूकम्पपछि भने धुर्मुस-सुन्तलीले कलाकारिताभन्दा बढी सामाजिक काममा ध्यान दिए। भूकम्प जाँदा उनीहरू सांस्कृतिक कार्यक्रमका लागि अमेरिकामा थिए। भूकम्पपछि बाँकी कार्यक्रम स्थगित गरेर नेपाल फर्किए। नेपाल फर्किनुभन्दा केही दिनअघि सामाजिक सञ्जालमा राखेको भिडियोमा धुर्मुसले भनेका थिए- ‘देश रोइरहेको अवस्थामा हामी अमेरिकामा रम्ने, रमाउने, हाँस्ने, हसाउने कल्पना पनि गर्न सक्दैनौं। यो दुःखद घडीमा हामी अमेरिकामा घोषणा भएका सम्पूर्ण कार्यक्रम स्थगित गरेर ती पीडितहरूलाई मलम लगाउन नेपाल फर्किदैं छौं।’

अमेरिकामा कार्यक्रममा जाँदा ‘धुर्मुस-सुन्तली सरसफाइ महाअभियान’को नाममा उठेको १६ लाख ५० हजार रुपैयाँ पनि भूकम्पमा घाइते र पीडित भएकालाई सहयोग गर्ने घोषणा गरे। उनीहरूले थप आर्थिक सहयोगका लागि आह्वान पनि गरेका थिए।

समाजसेवाका लागि कलाकारिताबाट टाढा
यहीबीचमा उनीहरुले सामाजिक कार्यका लागि ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ बनाए। भूकम्पमा घर गुमाएकाहरूका लागि तीन ठाउँमा नमूना बस्ती बनाए। उनीहरूले काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकास्थित डाँडाँगाउँमा भू्कम्पपीडितका लागि घर बनाइदिए। त्यस्तै, सिन्धुपाल्चोकको मेलम्चीस्थित गिरानचौर र महोत्तरीको बर्दिबासमा पनि एकीकृत नमूनाबस्ती बनाए। यी सबै काम उनीहरूले आफ्नै अगुवाइमा जुटाएको आर्थिक सहयोगबाटै गरेका थिए।

बर्दिबासमा निर्माण भएको एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि ७ करोड रुपैयाँ खर्च भएको उनीहरूले उल्लेख गरेका छन्। तीन वटै बस्ती निर्माणमा ११ करोडभन्दा धेरै रकम खर्च गरेको उनीहरूले जनाएका छन्। 

समाज सेवामा सक्रिय भइरहेका धुर्मुस सुन्तली कलाकारिताबाट भने टाढा हुँदै गए। सामाजिक कार्यमा सक्रिय हुँदा टेलिभिजन श्रृङ्खला ‘मेरी बास्सै’मा देखिन पातलिएको थियो। यसैबीच, २०७२ भदौमा धुर्मुसले अभिनय गरेको फिल्म ‘वडा नम्बर ६’ प्रदर्शनमा आयो। 

नमूना बस्ती निर्माणबाट चौतर्फी प्रशंसा पाएका धुर्मुस-सुन्तलीले २०७४ मा आफ्नो सामाजिक जीवनकै सबैभन्दा महत्वाकांक्षी योजना घोषणा गरे। अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण घोषणा गरेका उनीहरूले २०७५ माघ १६ मा काम नै सुरु गरे। उसैगरी आर्थिक सहयोग जुटाएर बनाउने उनीहरूको योजना थियो। र‌ंगशालाको कुल लागत तीन अर्ब ५५ करोड अनुमान गरिएको थियो।

यस्तो छ रंगशालाको डिजाइन।

आयोजना घोषणापछि सीमित म्युजिक भिडियो र विज्ञापनबाहेकमा उनीहरूको उपस्थिति हुन छाड्यो। दुई वर्षसम्म रंगशाला निर्माणकै काममा व्यस्त हुँदा एउटा फिल्म भने बनाए। २०७६ फागुन ९ मा धुर्मुस-सुन्तली दुवै जनाको अभिनय भएको फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनमा आयो। तर, सफल हुन सकेन। बरु, फिल्मकै आडमा धुर्मुस सुन्तलीले रंगशाला निर्माणका लागि रकम संलकन गरे। दर्शकलाई रंगशाला निर्माणको सपना देखाउँदै हलसम्म लैजाने प्रयास गरे।

गत भदौमा उनीहरूको अर्को नयाँ फिल्म सार्वजनिक भयो। ओटीटी माध्यम ‘ओहो एप’बाट ‘म त मर्छु कि क्या हो’ नामक फिल्म प्रदर्शनमा आएको थियो। ‘मेरि बास्सै’मै देखिएका बासी कथाहरूलाई लिएर धुर्मुस-सुन्तलीले यो फिल्म बनाएका थिए। यसले कुनै चर्चा बटुल्न सकेन।

यतिबेला रंगशाला निर्माणको कामले केही समय त गति लियो। तर, उनीहरूले आकलन गरेजस्तो आर्थिक संकलन हुन सकेको थिएन। धुर्मुस र सुन्तलीका लागि रंगशाला निर्माणको काम ‘घाँटीमा अड्किएको हाड’ जस्तै भयो। न निल्न सक्ने, न ओकल्न सक्ने। अन्तत: काेभिड महामारीको विषम परिस्थितिका कारण भन्दै उनीहरुले आयोजनाबाट हात झिकेको घोषणा गरेका छन्।

करोडको आडमा देखिएको अर्बौँको ‘असफल सपना’
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाको ३५ प्रतिशत काम पूरा गर्न ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको जनाएको छ। जसमध्ये १६ करोड रुपैयाँ ऋण रहेको फाउण्डेसनले भरतपुर महानगरपालिकालाई लेखेको पत्रमा उल्लेख छ।

भूकम्पपछि सुरु भएको धुर्मुस-सुन्तलीको समाजसेवाको यात्रामा उनीहरूले करोडको आडमा अर्बौँको सपना देखे। तीन वटा नमूना बस्ती निर्माणमा खर्च भएको रकम संकलन गर्न उनीहरू सफल भएका थिए। तर, रंगशाला निर्माणको काम नमूना बस्ती निर्माणजस्तो सहज थिएन। रंगशालाको कुल लागत साढे तीन अर्ब रुपैयाँभन्दा बढी थियो। उनीहरूले एक अर्ब पनि जुटाउन सकेनन्।

यसबीच धुर्मुस-सुन्तलीले पटक-पटक आफ्ना दर्शक र शुभेच्छुकलाई ‘भावनात्मक’ रुपमा प्रभाव पारिरहे। कहिले पत्रकारकै अघि रोए त, कहिले रोएको भिडियो विभिन्न यु–ट्युब च्यानलमा आयो। उनीहरूले पटक-पटक सरकारले सहयोग नगरेको गुनासो पनि गरे।

गत भदौदेखि रंगशाला निर्माणको काम खर्च अभावमा रोकिएको थियो। अहिले उनीहरूले रंगशाला निर्माणको कामको जिम्मेवारीबाटै हात झिकेका छन्। 

सीमित चलचित्र निर्माणको समय र सर्वसाधारणबीच टेलिभिजन लोकप्रिय भएको बखत उदाएका धुर्मुस-सुन्तलीको अबको यात्रा झन् कठिन देखिन्छ। समाजसेवामै सक्रिय हुँदा हिजो उनीहरूलाई सहयोग गर्नेले रंगशालाको विषयलाई लिएर अविश्वास गर्ने निश्चित छ। हिजोजस्तो टेलिभिजन पछ्याउने दर्शक आज छैनन्। 

सिनेमामा उनीहरूले भन्ने कथाहरू पनि ‘बासी’ भएको पछिल्लो फिल्म ‘म त मर्छु कि क्या हो’ले देखाएको छ। अब कलाकारिता र समाजसेवा दुवै बाटो हिँड्न उनीहरूलाई कठिन छ। समाज सेवामा विश्वास गुमेको छ भने कलाकारितामा दर्शक गुमेका छन्। धुर्मुस–सुन्तलीका लागि अबको बाटो पक्कै सहज छैन। यसको एउटै कारण हो– जुन काम उनीहरुले गर्नै हुँदैन्थ्यो, त्यही काममा हात हाल्नु। किनभने कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका बेला आममानिस दुई छाक टार्नै धौ–धौमा रहेका बेला उनीहरुले सरकारलाई रंगशाला निर्माणमा सहयोग गर्न अपिल गरिरहेका थिए। यो आफैमा एउटा मजाक थियो।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्