काठमाडौं– प्रदेश १ को महिला तर्फको कांग्रेस केन्द्रीय सदस्यमा महेन्द्रकुमारी लिम्बु निर्वाचित भएकी छन्।
लिम्बुले अर्को पक्षबाट उम्मेदवारी दिएकी लीलादेवी बोखिम लिम्बुलाई पछि पार्दै जित निकालेकी हुन्। विजयी महेन्द्रकुमारीले २२२९ मत प्राप्त गरिन्।
पराजित लीलादेवी बोखिमले १७४७ मत ल्याएकी छन्। विजयी महेन्द्रकुमारी सभापति शेरबहादुर देउवापक्षकी उम्मेदवार हुन् भने पराजित लिम्बु शेखर कोइरालापक्षकी उम्मेदवार हुन्।
प्रदेश १ बाट पुरुषतर्फ अमृत अर्याल र राजीव कोइराला विजयी भएका छन्। अर्याल सभापति देउवापक्षका हुन् भने कोइराला नेता शेखरपक्षका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।