• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादीमा पद व्यवस्थापन : यी हुन् उपाध्यक्षका आकांक्षीहरु

64x64
वीरेन्द्र ओली बुधबार, पुस ७, २०७८  २०:३०
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन नजिकै आइसक्दा विभिन्न पदका आकांक्षी नेताहरुका गतिविधि र सक्रियता पनि ह्वात्तै बढेका छन्। तर, शीर्ष नेतृत्व (अध्यक्ष) परिवर्तन नहुने हुँदा पदका आकांक्षीहरुको ध्याउन्न त्यसभन्दा तलका पदहरुमा छ। खासगरी अध्यक्षपछिको शक्तिशाली मानिने पद, महासचिवका लागि नेताहरुले दौडधुप र लबिइङ तीव्र पारेका छन्। यो दौडधुपबीच उपाध्यक्ष पदमा भने त्यति ‘आकर्षण’ देखिएको छैन। तर, महासचिव बन्न नसक्ने नेताहरुले ताकेको पद भने यही उपाध्यक्ष नै हो।

माओवादी केन्द्रले आठदेखि १० जनासम्म केन्द्रीय पदाधिकारी बनाउने तयारी गरेको छ। तर, त्यसमा उपाध्यक्षको सङ्ख्या कति हुन्छ भन्ने यकिन छैन। पदाधिकारीहरुको खाका बनाउन स्थायी समिति सदस्य देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलले राष्ट्रिय सम्मेलनअघि नै स्थायी समिति बैठकमा बुझाउने तयारी गरेको छ। सम्मेलन पुस ११ गते काठमाडौंमा सुरु हुँदै छ।

‘हामीले पालिकामा सातजना पदाधिकारी र प्रदेशमा नौ जना पदाधिकारी राख्ने व्यवस्था गरेका छौं। त्यसो हुँदा केन्द्रीय पदाधिकारी बढीमा १२ जनासम्म हुने देखिएको छ,’ कार्यदलमा सहभागी एक नेताले नेपाल लाइभसँग भने, ‘पदाधिकारी कति बनाउने भन्ने विषयमा कार्यदलमा छलफल भइरहेको छ। मलाई लाग्छ, बढीमा १२ जनासम्म पदाधिकारी हुन सक्छन्। त्यो सङ्ख्या कति बनाउने भन्ने सबै खाका हामी बुझाउँछौं। त्यसपछि राष्ट्रिय सम्मेलनअघि बस्ने स्थायी समिति बैठकले टुङ्‍गो लगाउँछ।’

यसरी तय हुने माओवादी केन्द्रका पदाधिकारीमा उपाध्यक्ष पद वरीयतामा अध्यक्षपछिको दोस्रो भए पनि अधिकार र जिम्मेवारीका हिसावले खासै शक्तिशाली नभएकाले त्यो धेरैको पहिलो रोजाइमा छैन। त्यही कारण पनि उपाध्यक्षको सङ्ख्या दुईदेखि तीनसम्म हुनसक्ने नेताहरु बताउँछन्। यो पनि पद व्यवस्थापनका लागि मात्र हुने उनीहरुको भनाइ छ।

हुन पनि धेरै नेताहरु अन्य पदाधिकारीमै व्यवस्थापन हुने भएकाले उपाध्यक्षमा कम प्रतिस्पर्धा हुने देखिन्छ। अहिले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि दोस्रो वरीयतामा रहेका नेता नारायणकाजी श्रेष्ठ उपाध्यक्ष हुने बलियो सम्भावना छ। उनको लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिन्छ या उपाध्यक्ष मात्र भन्ने टुङ्‍गो लागिसकेको छैन।

यी हुन् उपाध्यक्षका आकांक्षी
२०६५ सालमा तत्कालीन नेकपा माओवादी र नेकपा एकताकेन्द्र मशालबीच एकता हुँदा श्रेष्ठ उपाध्यक्ष पदकै जिम्मेवारीमा थिए। त्यतिबेला उपाध्यक्षमा श्रेष्ठसँगै बाबुराम भट्टराई र मोहन वैद्य एउटै पदमा थिए। तर, वरीयतामा प्रचण्डपछि वैद्य भए पनि श्रेष्ठ र भट्टराईबीच एउटै पार्टीमा हुँदा विवाद भइ नै रह्यो। अहिले वैद्य र भट्टराई दुवै माओवादीमा छैनन्। त्यसकारण त्यो विवाद पनि हुने छैन।

आउँदो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चित रहेकाले प्रचण्डपछिको वरीयतामा रहेका श्रेष्ठ नै उपाध्यक्ष बन्ने सम्भावना ज्यादा छ। यद्यपि, श्रेष्ठले अहिलेसम्म आफ्नो आकांक्षाबारे मुख खोलेका छैनन्।

माओवादी केन्द्रमा अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका कृष्णबहादुर महराले पछिल्लो समय सक्रियता बढाएका छन्। प्रवक्ताको जिम्मेवारी लिएपछि पार्टीका कार्यक्रममा देशैभर पुगिरहेका महरा बीचमा गुमेको आफ्नो प्रभाव फर्काउँदै बलियो बन्न चाहन्छन्। त्यसो हुँदा उनी अध्यक्ष प्रचण्डको ‘डेपुटी’का रुपमा उपाध्यक्ष बन्नसक्ने बताइन्छ। यद्यपि, महराले अहिलेसम्म आफू कुन पदमा बस्न चाहेको भनेर मुख खोलेका छैनन्। निकटस्थहरुलाई पनि यसबारे बताएका छैनन्। माओवादीका नेताहरु महासचिवमा दोस्रो तहका नेताहरुबीच विवाद भएमा महरा नै पुनः महासचिवमा दोहोरिनसक्ने बताउँछन्। त्यसो हुँदा उपाध्यक्षमा महराबाहेकका नेताहरु नै हुने छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि कोषाध्यक्ष रहेका हरिबोल गजुरेलको पहिलो दाबी महासचिवमा हुने देखिन्छ। महासचिव बन्न नसकेमा भने उनी उपाध्यक्ष बन्नसक्ने नेताहरु बताउँछन्। तर, गजुरेलले कुन पदमा बस्ने भन्ने विषय सम्मेलनमा राख्ने विषयबाट प्रस्ट हुने बताए। ‘मलाई पदको खासै रुचि छैन, मुख्य कुरा पार्टी रुपान्तरण हुन्छ कि हुँदैन भन्ने हो। पार्टी रुपान्तरण भयो भने पार्टी सदस्य मात्र हुँदा पनि गौरवको विषय हुन्छ,’ उनले भने।

गजुरेलले पार्टी रुपान्तरण हुन सकेन र जनतामाझ छवि राम्रो बन्न सकेन भने अध्यक्ष नै भए पनि अर्थ नहुने टिप्पणी गरे। ‘मेरो मुख्य चासो यो पार्टीलाई रुपान्तरण गर्नेमा छ। हामीले विचार, नीति, विधि, पद्दति, कार्यशैली र आचरणमा रुपान्तरण गर्न सक्यौं भने पार्टीमा कसैलाई पदको आकांक्षा हुँदैन,’ उनले भने, ‘त्यो नहुँदा आफ्नो पद र स्वार्थको लागि लडाइँ हुने भयो। पार्टीमा पद भएपछि एउटा हैसियत हुन्छ त्यसबाट फाइदा लिन सकिन्छ भन्ने हुँदोरहेछ।’

राष्ट्रिय सम्मेलनमा आफ्नो प्रस्तुतिबाट पनि पार्टीमा खेल्ने भूमिका प्रस्ट हुने गजुरेलले बताए। ‘मैले बहस र छलफलमा भाग लिँदा कुन स्तरमा गर्न सक्छु? पार्टीमा कुन स्तरबाट आफ्ना कुरा राख्न सक्छु? त्यसबाट मात्र म कुन ठाउँमा बस्नुपर्छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘जब सम्मेलनका दौरान बहस र छलफल हुन्छ, त्यतिबेला मेरो स्तर पनि प्रस्ट हुन्छ। मैले त्यही स्तरअनुसारको भूमिका खोज्ने हो।'

स्थायी समिति सदस्य एवं ऊर्जामन्त्री पम्फा भुसाल महासचिवकी आकांक्षी हुन्। पहिलो दाबी महासचिवमै गर्ने उनको तयारी छ। अहिलेसम्म आफ्नो आकांक्षा व्यक्त नगरे पनि भुसालले आफू निकटस्थहरुसँग भने महासचिवमा दाबी गर्ने बताउँदै आएकी छन्। यो पद र त्यो पद भनेर सार्वजनिक रुपमा दाबी गर्दा प्रत्युत्पादक बन्नसक्ने भएकाले उनले मुख खोलेकी छैनन्। प्रचण्डपछि माओवादी केन्द्रको नेतृत्वमा दाबी गर्ने सार्वजनिक घोषणा गरिसकेकी उनले त्यसका लागि महासचिव पद नै सबभन्दा उपयुक्त प्लेटफर्म हो भन्ने राम्रोसँग बुझेकी छन्। माओवादीका कतिपय नेताहरु भने महासचिव नपाउने स्थितिमा उनी उपाध्यक्ष बन्नसक्ने बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उपाध्यक्षका अर्का आकांक्षी हुन्, स्थायी समिति सदस्य मातृका यादव। तर, यादवले आफू कुन पदमा बस्ने भन्ने विषयमा निष्कर्षमा पुगिनसकेको बताए। यादवको पहिलो चाहना पनि महासचिवमा छ। तर, महासचिव नहुँदा प्रचण्डले उनलाई उपाध्यक्षमा राख्ने उनीनिकट एक नेताले बताए।

स्थायी समिति सदस्य गणेश साहको नाम पनि उपाध्यक्षका रुपमा चर्चामा छ। तर, साहले भने आफूले पार्टीमा सक्रिय भूमिका छाड्न खोजेको दाबी गरे। ‘मलाई उपाध्यक्ष होइन, कार्यकारी कुनै पनि पदमा बस्न मन छैन। यसपटक स्थायी समितिबाट घटेर केन्द्रीय समितिमा मात्रै बस्न मन छ,’ साहले भने, ‘पार्टीले मलाई जहाँ राख्छ, त्यहीँ बसेर काम गर्ने सोचमा छु।’ अब पार्टीको कामभन्दा आफ्नै रुचिका केही काम गर्ने योजना बनाएको साहले बताए। साहनिकट एक नेताले प्रचण्डले अनुरोध गरेमात्र उनी उपाध्यक्षमा बस्ने, नभए उपाध्यक्ष चाहियो भनेर दाबी गर्ने पक्षमा नरहेको बताए।

उपाध्यक्षका आकांक्षीहरुलाई व्यवस्थापन गर्न कठिन भएमा उपमहासचिव, सचिवलगायत पदमा व्यवस्थापन गर्ने योजना प्रचण्डले बनाएको माओवादी नेताहरु बताउँछन्। यद्यपि, अहिलेसम्म पदाधिकारी कति हुन्छन् भन्ने टुङ्‍गो नलागेकाले उपाध्यक्षका दाबेदारहरु पनि प्रस्ट खुलिसकेका छैनन्।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्