काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिकरणको काम तत्काल अगाडि बढाइने बताएका छन्।
नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले एक हप्ताभित्र १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरी तत्काल काम सुरु गरिने जानकारी दिएका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायअन्तर्गतको नाथमबाट सुदूरपश्चिम प्रदेशमा सरकारी कलेज सञ्चालनको तयारी गरिएको समेत उनको भनाइ थियो। मन्त्री आलेले उक्त सरकारी कलेज सञ्चालन गर्ने कार्य आफ्नो कार्यकालभित्र सुरु हुने गरी काम अगाडि बढाएको र तत्काकै सर्भेका लागि केन्द्रबाट टोली आउने जानकारी दिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रदेश सरकारले कार्यालय स्थापना गर्नका लागि अनौपचारिक, औपचारिक सहयोग गरिसकेको र अझै कार्यालय थप विस्तार गर्नका लागि गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।