• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

जो दोस्रोपटक कांग्रेस केन्द्रीय सदस्यमा पराजित भए

64x64
नेपाल लाइभ सोमबार, पुस ५, २०७८  १६:०८
1140x725

काठमाडौं– १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित पाँच जनाले यसपटक पनि पराजय भोगेका छन्।

केन्द्रीय सदस्यमा पराजय भोग्नेमा बढी शेखर कोइराला प्यानलका छन्। बेलायतका लागि पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसेले दोस्रोपटक पराजय भोग्नु परेको छ।

१३औं महाधिवेशनमा पराजित चालिसेले १४औं महाधिवेशनमा पनि जित निकाल्न सकेनन्। सभापतिका उम्मेदवार कोइरालको प्यानलबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनले १२९४ मत ल्याए। गत महाधिवेशनमा चालिसेले २१० मत मात्रै ल्याएका थिए। चालिसेले यसपटक अंक बढाए पनि ३५ जना भित्र पर्न सकेनन्।

१३ औं महाधिवेशनमा कुनै पनि प्यानलमा नपरेर जीत निकाल्न नसकेको बताएका राजेन्द्र बजगाईंले दोस्रोपटक पनि पराजय भोगे। १३औं महाधिवेशनमा ४०४ मत ल्याएका बजगाईंले यसपटक मत अंक भने बढाए। १७०७ मत ल्याउने ३५ जनामा अट्नसक्ने अवस्थामा बजगाईंको १३५३ मत आएको छ। बजगाईंले कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए।

दोस्रोपटक केन्द्रीय सदस्यमा पराजित हुने अर्का उम्मेदवार हुन्, लक्ष्मणबहादुर बस्नेत। ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष समेत रहेका बस्नेतले १२३७ मत ल्याएर पराजित भए। उनी कोइराला पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार थिए।

Ncell 2
Ncell 2
nimb
nimb

शेखर पक्षमा नै परेर उम्मेदवारी दिएका पूर्वसांसद त्रैलोक्य प्रताप सेन दोस्रोपटक केन्द्रीय सदस्यमा पराजित भए। उनले ९४४ मत ल्याए। 

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का पनि दोस्रोपटक पराजित भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका उनलाई मत माग्ने बेला भने उक्त पक्षले सूचिमा राखेन। दोस्रोपटक पराजित हुनेहरुमा थोरै मत प्राप्त गर्नेमा खड्का परेका छन्। उनले ४५३ मत मात्रै ल्याए।

गत महाधिवेशनमा खुला तर्फ २५ जना चयन हुने व्यवस्था थियो। संसोधित विधान अनुसार ३५ जना खुला तर्फ निर्वाचित हुने व्यवस्था गरेको छ। गत महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको थियो। ३५ जना खुलाका लागि यसपटक ९९ जना भिडेका भिडेका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जारी मतगणनामा सभापति देउवा स्पष्ट बहुमतमा देखिएका छन्। निर्वाचित १३ जना पदाधिकारीमा कोइराला पक्षमा स्पष्ट खुलेका ४ जना छन्। उपसभापति पूर्णबहादुर खड्कासहित सहमहामन्त्रीका ६ जना देउवा पक्षका छन्। महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा नेता प्रकाशमान सिंह प्यानलबाट निर्वाचित भएपनि देउवातिर ढल्कने संकेत ट्विटमार्फत् गरिसकेका छन्। 

खुला तर्फका केन्द्रीय सदस्यमा देउवा निकट २६ जनाले जित निकालेका छन्। पिछडिएको क्षेत्र र प्रदेश २ को महिला तर्फको केन्द्रीय सदस्य देउवा प्यानलबाट विजयी भएका छन्। खुलातर्फ महिला केन्द्रीय सदस्यको जारी गणनामा पनि देउवा पक्षका अघि छन्। महिला खुलातर्फ ९ जना चयन हुने व्यवस्था छ। 

१३४ जना निर्वाचित हुने कार्यसमितिमा हालसम्म देउवा पक्षबाट पदाधिकारीसहित ३६ जना विजयी भएका छन्।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्