• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

माओवादीले किन टुंगो लगाउन सकेन प्रदेश नेतृत्व र प्रतिनिधि?

64x64
नेपाल लाइभ सोमबार, पुस ५, २०७८  ११:३८
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु हुन हप्तादिन मात्रै बाँकी हुँदासम्म अधिकांश प्रदेशले पदाधिकारी टुंगो लगाउन सकेका छैनन्। प्रदेश सम्मेलनबाट पदाधिकारी टुंगो लगाउन नसक्दा पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लाग्न सकेको छैन।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिर २५ गते सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेश सम्मेलन एकै पटक भर्चुअल रुपमा उद्घाटन गरेका थिए। प्रदेश सम्मेलन उद्घाटन भएको दुई हप्ता पुग्न लाग्दासमेत अधिकांश प्रदेश पदाधिकारी टुंगो लगाउन सकेका छैनन्। पुस ६ गतेभित्र प्रदेश पदाधिकारी टुंगो लगाएर राष्ट्रिय सम्मेलन प्रतिनिधि केन्द्रमा पठाउन माओवादीले निर्देशन दिएको छ। प्रदेश अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा समस्या देखिएको छ। 

प्रदेश समिति चयन भए पनि अधिकांश प्रदेशमा अध्यक्षसहित पदाधिकारी चयन हुन नसकेपछि निर्वाचन गरेर टुंगो लागाउन निर्देशन दिइएको छ। ‘सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेश समितिमा सहमति भइसकेको छ तर, धेरैमा प्रदेश अध्यक्ष र पदाधिकारीमा विवाद हुँदा सर्वसम्मत हुन सकेन। त्यसैले प्रदेश समितिबाट नेतृत्व टुंगो लगाउन निर्देशन दिएको छ’ माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले भने।

माओवादीले पार्टीमा आन्तरिक निर्वाचन गर्ने नीति तय गरेपनि सेल, वडा र पालिकासम्म जबरजस्ती भए पनि सर्वसम्मत रुपमा सम्पन्न भएका थिए। तर, प्रदेश सम्मेलनसम्म आउँदा सर्वसम्मत नहुँदा अधिकाश प्रदेशमा पदाधिकारी टुंगो लाग्न नसकेको हो।

टुंगो लागेका प्रदेशमा अध्यक्ष सर्वसम्मत भएपनि अन्य पदाधिकारीमा सहमति हुन नसक्दा कमिटीले पूर्णता पाएको छैन। यसरी प्रदेशमा सर्वसम्मत हुन नसकेपछि प्रतिनिधिहरुले निर्वाचन लड्न पाउनुपर्ने माग गरेका छन्। तर, अध्यक्ष प्रचण्डले प्रदेश समितिमा सर्वसम्मत गर्न निर्देशन दिएकाले नेताहरुले आन्तरिक निर्वाचनमा लग्ने आटसमेत गर्न सकेका थिएनन्। पार्टीका नेताहरु अध्यक्ष प्रचण्डको निर्देशन भन्दा बाहिर गएर निर्वाचन गर्न सक्ने अवस्था नभएपछि कमिटी बन्न नसकेको हो। 

राष्ट्रिय सम्मेलनमा देशैभरबाट एक हजार ५ सय प्रतिनिधि काठमाडौं आउने छन्। त्यसका लागि प्रदेश समितिले प्रतिनिधिको अनुमोदन गर्नुपर्ने भए पनि कमिटीले नै पूर्णता नपाएपछि सम्मेलन प्रभावित हुन सक्ने बताएको छ। पार्टी अध्यक्ष प्रचण्डले माओवादीलाई विधि पद्दतीमा चलाउने भन्दै बारम्बार नेता कार्यकर्तालाई आश्वस्त बनाउँदै आएका थिए। त्यसका लागि पार्टी कमिटीमा सकेसम्म सर्वसम्मत नभए निर्वाचन गरेर पार्टीमा लोकतान्त्रिक अभ्यास गरिने बताउँदै आएको थियो। तर, पार्टी कमिटीलाई सर्वसम्मत भन्दा बाहिर जान नदिएपछि क्षमता भएका नेताहरुपनि खुम्चिन बाध्य भएको नेताहरुले गुणासो गर्न थालेका थिए।

जनवर्गीय संगठनको अवस्था उस्तै

गत भदौमा योङ कम्युनिस्ट लिग (वाईसीएल) राष्ट्रिय सम्मेलन काठमाडौमा भयो।   त्यहाँ पनि अध्यक्षका आकांक्षी धेरै भएपछि प्रचण्डले सुमन देवकोटालाई संयोजक र सुवोध सेर्पालीलाई सहसंयोजक तोकिदिए। तर, पूर्ण नेतृत्व वाईसीएलले अझै पाउन सकेको छैन। यसअघि माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सम्मेलनबाट अध्यक्षका लागि आधा दर्जन नेताहरुले आकांक्षा राखेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष प्रचण्ड आफैंले तोकेर विद्यार्थी संगठनको अध्यक्षमा पञ्चा सिंहलाई बनाएर पठाए। अरु अध्यक्षका दाबेदार सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा, विजय गौतम लगायत नेताहरुले दाबेदारी छोडेका थिए। ति अध्यक्षका दाबेदारलाई पार्टी केन्द्रीय समितिमा समेट्न आवश्वान दिएको थियो। अहिले ति अध्यक्षका दाबेदार कतिपय प्रदेश कमिटीमा समेटिएका छन्। प्रचण्डले सिंहलाई अध्यक्ष बनाएपनि पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा घोषणा हुन सकेको छैन। गत मंसिर २७ गते बल्ल १ सय ९९ सदस्यीय केन्द्रीय समिति र प्रदेश समिति घोषणा भएको छ। विद्यार्थी संगठनमा पदाधिकारीको कहिले पूर्णता पाउने भन्ने टुंगो लाग्न सकेको छैन। 

यस्तै पत्रकारहरुको संगठन प्रेस सेन्टरमा चितवन सम्मेलनबाट अध्यक्षमा विष्णुप्रसाद सापकोटा ‘जुगल’लाई  बनाउँदै १ सय ९९ सदस्यी केन्द्रीय कमिटी मात्रै घोषणा भयो। पदाधिकारीमा सर्वसम्मत हुन नसक्दा अझै घोषणा हुन सकेको छैन।

कुन प्रदेशमा के भयो?

प्रदेश एकमा २ सय ५१ सदस्यीय प्रदेश कमिटी मात्रै बनाइएको छ। अध्यक्षका लागि केन्द्रीय सदस्य हेमराज भण्डारी, सुदन किराती र सुरेशकुमार राई तीन जनाले दाबी गरेपछि सर्वसम्मत हुन नसकेको एक नेताले बताए। तीनै जना केन्द्रीय सदस्य छोडेर प्रदेश अध्यक्ष हुन तयार भएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टी अध्यक्षले नै सर्वसम्मत रुपमा टुंगो लगाउन निर्देशन दिएपछि सहमति हुन नसक्दा प्रदेश अध्यक्ष सहित पदाधिकारी घोषणा हुन सकेको छैन। यस्तै प्रदेश–२ मा २७१ जनाको प्रदेश समिति बनाइएको छ। अध्यक्षसहित पदाधिकारीमा गृहकार्य नभएको भन्दै राष्ट्रिय सम्मेलनपछि मात्रै घोषणा गरिने केन्द्रीय सदस्य विश्वनाथ साहले बताए। यद्दपी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि भने छानेर पठाइने साहले बताए।

बागमती प्रदेशमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि २ सय ७५ सदस्यीय प्रदेश समिति मात्रै घोषणा गरिएको छ। अध्यक्षका लागि प्रदेश समितिमा रहेका  सरल सहयात्री पौडेल, दीनानाथ गौतम र डिपी ढकाल, विदुर खड्काले दाबी गरेका छन्।  ति सबै प्रदेश समितिका मात्रै नेता हुन्। नेतृत्वबाट सर्वसम्मत रुपमा टुंगो लगाउन निर्देशन दिएपछि अध्यक्षसहित पदाधिकारी घोषणा हुन सकेको छैन्। गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ सर्वसम्मत घोषणा भएपनि पदाधिकारी घोषणा हुन सकेको छैन्। हाल प्रदेश समिति २ सय एक सदस्य मात्रै घोषणा गरिएको छ। अरु पदाधिकारी कहिले घोषणा हुने टुंगो छैन।

लुम्बिनी प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि २ सय १७ जना प्रदेश समिति घोषणा गरेर सपथ समेत खुवाइ सकिएको छ। प्रदेश अध्यक्षमा सुदर्शन बराल घोषणा भएपनि पदाधिकारी घोषणा हुन पाएको छैन। पदाधिकारीमा को को बस्ने भन्ने विषयमा विवाद हुँदा सहमति हुन सकेको छैन।   

कर्णाली प्रदेश अध्यक्षमा विमला केसी सर्वसम्मत घोषणा भइसकेकी छन्। 

अरु पदाधिकारी घोषणा कहिले हुने टुंगो छैन। तर, प्रदेश पदाधिकारी २ सय ११ सदस्यीय बनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यीय प्रदेश समिति घोषणा गरेर शपथ खुवाएको छ। प्रदेश अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसक्दा घोषणा हुन सकेको छैन।  

प्रदेश अध्यक्षका लागि हरिराम चौधरी र नरेन्द्र कुँवरले दाबी गरेका छन्। अरु केन्द्रीय सदस्यहरुले प्रदेश अध्यक्षमा दाबी छोडेपछि कुँवर र चौधरी मात्रै दाबेदार भएका हुन्। कुँवर पार्टी केन्द्रीय सदस्य छन् भने चौधरी राष्ट्रिय सभा सदस्य र पार्टीमा प्रदेश समितिमा छन्।  

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्