• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अपहरणकारी टण्डनलाई प्रहरीबाटै उन्मुक्ति : १५ प्रहरीसँग हेडक्वार्टरले माग्यो लिखित स्पष्टीकरण 

64x64
नारायण अधिकारी आइतबार, पुस ४, २०७८  १९:३७
1140x725
अमर टण्डन।

काठमाडौं- अपहरण तथा शरीर बन्धक घटनाका नाइके तथा ‘सिरियल किडन्यापर’ भनेर चिनिने अमर टण्डनलाई प्रहरी अधिकारीबाटै उन्मुक्ति दिइएको खुलेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ।

कुख्यात अपहरणकारी टण्डनमाथिको अपहरण तथा शरीर बन्धकको घटनामा अनुसन्धान नै नगरी टण्डनलाई उन्मुक्ति दिइएको पाइएपछि सो घटनामा जोडिएका प्रहरी अधिकारीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको हो। १४ वर्षअघि २०६४ माघ २९ गते टण्डनको समूहले रुपन्देहीको बुटवल–११ का ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो। अर्याल अपहरणको घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि त्यसमा संलग्न प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाइएको हो। 

प्रहरी हेडक्वार्टरमा रहेको कानुन शाखाले उक्त घटनामा संलग्न रहेका प्रहरी अधिकारीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दियो। स्रोतका अनुसार छानबिन समितिबाट कारबाहीका लागि सिफारिस भएकाहरुलाई कारबाही गर्न कानुन शाखाले उनीहरुसँग लिखित स्पष्टीकरण माग गरेको छ। प्रहरी हेडक्वार्टर स्रोतले नेपाल लाइभसँग भन्यो, ‘छानबिन समितिले नै कारबाही लागि भनेर सिफारिस गरेपछि कारबाही नहुने भन्ने भएन। कारबाही प्रक्रिया अघि बढिसकेको छ। त्यसका लागि हामीले लिखित स्पष्टीकरण माग गरिसकेका छौं।’

कानुन शाखाले माग गरेको लिखित स्पष्टीकरण पेस भएपछि उक्त स्पष्टीकरण अध्ययन गरेपछि मात्रै कस्तो कारबाही हुने भन्ने टुंगो लाग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘सबैको एकैखाले भूमिका पक्कै नहोला। स्पष्टीकरण सोधेका छौं। उहाँको जवाफ कस्तो आउँछ। भूमिका कस्तो छ त्यो अनुसार प्रहरी नियमावली अनुसार कारबाही हुन्छ।’

अर्याल अपहरणको घटनामा प्रहरीले अनुसन्धान नै नगरी म्याद गुजारेको विषय सार्वजनिक भएपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको थियो। समितिले छानबिन सकेर प्रहरी महानिरीक्षक (आईजीपी)समक्ष गत कात्तिकमै प्रतिवेदन पेस गरेको थियो। उक्त प्रतिवेदनमा बहालमा रहेका र अवकाशप्राप्त समेत गरेर २० प्रहरी अधिकारीको लापरबाही रहेको औंल्याएको थियो। 

समितिले साफारिस गरेका मध्ये केही अवकाशमै गइसकेकाले उनीहरुलाई प्रहरी निमायवली आकर्षित नहुने र बहालमा रहेकाहरुको हकमा भने प्रहरी नियमावली आकर्षित हुने भएकाले सोही अनुसार कारबाही गर्न लागिएको हेडक्वार्टरले नेपाल लाइभलाई जानकारी दियो। 

यी हुन् लिखित स्पष्टीकरण माग गरिएका प्रहरी अधिकारी
छानबिन समितिले सिफारिस गरेका २० मध्ये ५ प्रहरी अधिकारी अवकाश पाइसकेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी तथा कार्यालय प्रमुख जगतमान श्रेष्ठ, अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी ठाकुरप्रसाद ज्ञवाली (हाल आईजीपीबाट अवकाश), तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा (डीएसपीबाट अवकाश) र डीएसपी राजकुमार बैदरवार (एसपीबाट अवकाश) अवकाश पाइसकेकाले उनीहरुलाई प्रहरी नियमावली अनुसार कारबाही गर्न मिल्दैन। 

बाँकी १५ जनासँग भने कानुन शाखाले लिखित स्पष्टीकरण माग गरेको छ। स्पष्टीकरण माग गरिएका प्रहरी अधिकारीहरुमा तत्कालीन डीएसपी सुशीलकुमार यादव (हाल एसएसपी), डीएसपी दानबहादुर कार्की (हाल एसपी), डीएसपी कृष्णकुमार महत (हाल एसएसपी), डीएसपी दीपक थापा (हाल एसएसपी), डीएसपी दिनेशकुमार आचार्य (हाल एसपी), डीएसपी दिलिप घिमिरे (हाल एसपी), डीएसपी महेन्द्र खड्का (हाल एसपी), डीएसपी मुकुन्द मरासिनी (हाल एसपी) छन्। 

Ncell 2
Ncell 2

त्यसैगरी, डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी भीमलाल भट्टराई, डीएसपी प्रतित सिंह राठौर र प्रहरी जवान राजकुमार बिक– अनुसन्धान सहयोगी (हाल असई) सँग लिखित स्पष्टीकरण माग गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

अनुसन्धान नै नगरी यसरी गुजारियो म्याद
१४ वर्षअघि अर्याल अपहरणमा परेका थिए। ९ दिनसम्म अपहरणकारीले बन्धक बनाएर अर्याललाई राखेका थिए। अपहरणमा परेको ९ दिनमा अर्यालका भतिज सूर्यमूर्तिले १५ लाख रुपैयाँ फिरौती बुझाएपछि टीकाराम अर्यालय अपहरणमुक्त भएका थिए। 

टण्डनको योजनामा रामकुमार प्याकुरेल, उदय सेट्टी, प्रह्लाद महत, कमल सिंह, विष्णु जिसीलगायत ९ जनाको समूहले अर्याललाई अपहरण गरेको खुलेको थियो। त्यसपछि अपहरण्मुक्त भएको दुई महिनापछि २०६४ चैत ४ गते अर्यालले उनीहरुविरुद्ध जोहरी दिएका थिए। अपहरणको जाहेरी बुटवलमा दर्ता हुँदा अपहरणका मुख्य योजनाकार टण्डन, सेट्टी, प्याकुरेल र जिसी अर्को अपहरणमा काण्डमा पक्राउ परिसकेका थिए।

२०६४ पुस २ गते पशुपति पेन्ट्सका सञ्चालक महेश मुरारकालाई अपहरण गरेको आरोपमा उनीहरुलाई २०६४ फागुनमा प्रहरीले पक्राउ गरेको थियो। मुरारका अपहरणमा केसमा टण्डनसहितका व्यक्तिलाई काठमाडौं जिल्ला अदालतलले पुर्पक्षमा पठाएको थियो। टण्डनसहितका व्यक्ति पुर्पक्षमा गए पनि उनीहरुमाथि अर्याल अपहरणको अनुसन्धान भने बाँकी नै थियो। 

मुलुकी ऐन, २०२० को अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलमा उल्लेख भए अनुसार अपहरण तथा शरीर बन्धक भएको मितिले ६ महिना तथा शरीर बन्धकबाट छुटेको तीन महिनाभित्र अनुसन्धान सकेर मुद्दा अदालतमा टेकाउनुपर्ने प्रावधान छ। 

टण्डनसहितका व्यक्ति मुरारका अपहरण घटनामा पुर्पक्षमा हुँदा बुटवल प्रहरीले उनीहरुमाथि अनुसन्धान नै नगरी उन्मुक्ति दिएको पाइएको हो। पुर्पक्षमा रहेका अभियुक्तलाई झिकाएर अनुसन्धान गर्नुका साटो बुटलव प्रहरीले ६ महिनासम्म पनि त्यस घटनामा चासो देखाएन। ६ महिनासम्म पनि अनुसन्धान सकेर मुद्दा नबुझाएपछि अर्याल अपहरणमा टण्डनले उन्मुक्ति पाए। 

६ महिनासम्म मुद्दा चल्ने म्याद हुँदासम्म डीएसपी जगतमान श्रेष्ठ, अनुसन्धान अधिकृत इन्सपेक्टर नवीन क्षेत्री, अनुसन्धान सहयोगी सई रोमबहादुर वली, अनुसन्धान सहयोगी असई चुडामणी शर्मा र अनुसन्धान सहयोगी प्रहरी जवान राजकुमार बिक थिए। 

कारबाहीका लागि सिफारिस भएका अन्य प्रहरीले भने म्याद सकिएको मुद्दाको अनुसन्धान गर्न भन्दै अनुसन्धान अधिकारी तोकिएको पाइएको छ।  हदम्याद नै सकिएको मुद्दाको अनुसन्धान गर्न भन्दै अनुसन्धान अधिकारी तोक्दै २०७७ सालसम्म उक्त मुद्दालाई जीवितै राखेका थिए। यसमा प्रहरीको गम्भीर लापरबाही भएको भन्दै उनीहरुमाथि पनि कारबाहीको सिफारिस भएको छ। सोही अनुसार उनीहरुसँग पनि स्पष्टीकरण माग गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

अनि खुल्यो म्याद गुजारेको पोल 
अपहरण मुद्दामा दोषी ठहर भएका टण्डनको गत चैत १२ गते कैद सजाय पूरा भयो। तर, उनीविरुद्ध बुटवलमा अपहरण, ज्यान मार्ने उद्योग लगायतको अभियोग थियो। सोही अनुसार अनुसन्धानका लागि केन्द्रीय कारागार सुन्धाराले टण्डनलाई बुटवल प्रहरीको जिम्मा लगायो। 

टण्डनलाई इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएपछि बुटवलका तत्कालीन डीएसपी मदन कुँवरले १४ वर्ष पुरानो अर्याल अपहरणको फाइल पल्टाए। उक्त अपहरण घटनामा म्याद लिएर टण्डनमाथि अनुसन्धान सुरु भयो। अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पुग्यो।

जब सरकारी वकिल कार्यालयले उक्त मुद्दाको मिसिल अध्ययन गर्‍यो, त्यसपछि खुल्यो म्याद गुजारेको पोल। ६ महिनाभित्रै अनुसन्धान सकेर अदालतमा मुद्दा टेक्नुपर्ने विषयमा म्याद गुज्रेको साढे १३ वर्षपछि आएपछि उक्त मुद्दा अघि बढ्न सकेन। त्यसपछि टण्डन जेलमुक्त भएका थिए। 

उक्त विषय बाहिर आएपछि महान्यायधीवक्ता कार्यालयले दोषी प्रहरीमाथि अनुसन्धान गरेर कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको थियो। सोही अनुसार हेडक्वार्टरले समिति बनाएर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै बिहीबार, माघ ८, २०८२
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्