• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अपहरणकारी टण्डनलाई प्रहरीबाटै उन्मुक्ति : १५ प्रहरीसँग हेडक्वार्टरले माग्यो लिखित स्पष्टीकरण 

64x64
नारायण अधिकारी आइतबार, पुस ४, २०७८  १९:३७
1140x725
अमर टण्डन।

काठमाडौं- अपहरण तथा शरीर बन्धक घटनाका नाइके तथा ‘सिरियल किडन्यापर’ भनेर चिनिने अमर टण्डनलाई प्रहरी अधिकारीबाटै उन्मुक्ति दिइएको खुलेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ।

कुख्यात अपहरणकारी टण्डनमाथिको अपहरण तथा शरीर बन्धकको घटनामा अनुसन्धान नै नगरी टण्डनलाई उन्मुक्ति दिइएको पाइएपछि सो घटनामा जोडिएका प्रहरी अधिकारीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको हो। १४ वर्षअघि २०६४ माघ २९ गते टण्डनको समूहले रुपन्देहीको बुटवल–११ का ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो। अर्याल अपहरणको घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि त्यसमा संलग्न प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाइएको हो। 

प्रहरी हेडक्वार्टरमा रहेको कानुन शाखाले उक्त घटनामा संलग्न रहेका प्रहरी अधिकारीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दियो। स्रोतका अनुसार छानबिन समितिबाट कारबाहीका लागि सिफारिस भएकाहरुलाई कारबाही गर्न कानुन शाखाले उनीहरुसँग लिखित स्पष्टीकरण माग गरेको छ। प्रहरी हेडक्वार्टर स्रोतले नेपाल लाइभसँग भन्यो, ‘छानबिन समितिले नै कारबाही लागि भनेर सिफारिस गरेपछि कारबाही नहुने भन्ने भएन। कारबाही प्रक्रिया अघि बढिसकेको छ। त्यसका लागि हामीले लिखित स्पष्टीकरण माग गरिसकेका छौं।’

कानुन शाखाले माग गरेको लिखित स्पष्टीकरण पेस भएपछि उक्त स्पष्टीकरण अध्ययन गरेपछि मात्रै कस्तो कारबाही हुने भन्ने टुंगो लाग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘सबैको एकैखाले भूमिका पक्कै नहोला। स्पष्टीकरण सोधेका छौं। उहाँको जवाफ कस्तो आउँछ। भूमिका कस्तो छ त्यो अनुसार प्रहरी नियमावली अनुसार कारबाही हुन्छ।’

अर्याल अपहरणको घटनामा प्रहरीले अनुसन्धान नै नगरी म्याद गुजारेको विषय सार्वजनिक भएपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको थियो। समितिले छानबिन सकेर प्रहरी महानिरीक्षक (आईजीपी)समक्ष गत कात्तिकमै प्रतिवेदन पेस गरेको थियो। उक्त प्रतिवेदनमा बहालमा रहेका र अवकाशप्राप्त समेत गरेर २० प्रहरी अधिकारीको लापरबाही रहेको औंल्याएको थियो। 

समितिले साफारिस गरेका मध्ये केही अवकाशमै गइसकेकाले उनीहरुलाई प्रहरी निमायवली आकर्षित नहुने र बहालमा रहेकाहरुको हकमा भने प्रहरी नियमावली आकर्षित हुने भएकाले सोही अनुसार कारबाही गर्न लागिएको हेडक्वार्टरले नेपाल लाइभलाई जानकारी दियो। 

यी हुन् लिखित स्पष्टीकरण माग गरिएका प्रहरी अधिकारी
छानबिन समितिले सिफारिस गरेका २० मध्ये ५ प्रहरी अधिकारी अवकाश पाइसकेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी तथा कार्यालय प्रमुख जगतमान श्रेष्ठ, अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी ठाकुरप्रसाद ज्ञवाली (हाल आईजीपीबाट अवकाश), तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा (डीएसपीबाट अवकाश) र डीएसपी राजकुमार बैदरवार (एसपीबाट अवकाश) अवकाश पाइसकेकाले उनीहरुलाई प्रहरी नियमावली अनुसार कारबाही गर्न मिल्दैन। 

बाँकी १५ जनासँग भने कानुन शाखाले लिखित स्पष्टीकरण माग गरेको छ। स्पष्टीकरण माग गरिएका प्रहरी अधिकारीहरुमा तत्कालीन डीएसपी सुशीलकुमार यादव (हाल एसएसपी), डीएसपी दानबहादुर कार्की (हाल एसपी), डीएसपी कृष्णकुमार महत (हाल एसएसपी), डीएसपी दीपक थापा (हाल एसएसपी), डीएसपी दिनेशकुमार आचार्य (हाल एसपी), डीएसपी दिलिप घिमिरे (हाल एसपी), डीएसपी महेन्द्र खड्का (हाल एसपी), डीएसपी मुकुन्द मरासिनी (हाल एसपी) छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी, डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी भीमलाल भट्टराई, डीएसपी प्रतित सिंह राठौर र प्रहरी जवान राजकुमार बिक– अनुसन्धान सहयोगी (हाल असई) सँग लिखित स्पष्टीकरण माग गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

अनुसन्धान नै नगरी यसरी गुजारियो म्याद
१४ वर्षअघि अर्याल अपहरणमा परेका थिए। ९ दिनसम्म अपहरणकारीले बन्धक बनाएर अर्याललाई राखेका थिए। अपहरणमा परेको ९ दिनमा अर्यालका भतिज सूर्यमूर्तिले १५ लाख रुपैयाँ फिरौती बुझाएपछि टीकाराम अर्यालय अपहरणमुक्त भएका थिए। 

टण्डनको योजनामा रामकुमार प्याकुरेल, उदय सेट्टी, प्रह्लाद महत, कमल सिंह, विष्णु जिसीलगायत ९ जनाको समूहले अर्याललाई अपहरण गरेको खुलेको थियो। त्यसपछि अपहरण्मुक्त भएको दुई महिनापछि २०६४ चैत ४ गते अर्यालले उनीहरुविरुद्ध जोहरी दिएका थिए। अपहरणको जाहेरी बुटवलमा दर्ता हुँदा अपहरणका मुख्य योजनाकार टण्डन, सेट्टी, प्याकुरेल र जिसी अर्को अपहरणमा काण्डमा पक्राउ परिसकेका थिए।

२०६४ पुस २ गते पशुपति पेन्ट्सका सञ्चालक महेश मुरारकालाई अपहरण गरेको आरोपमा उनीहरुलाई २०६४ फागुनमा प्रहरीले पक्राउ गरेको थियो। मुरारका अपहरणमा केसमा टण्डनसहितका व्यक्तिलाई काठमाडौं जिल्ला अदालतलले पुर्पक्षमा पठाएको थियो। टण्डनसहितका व्यक्ति पुर्पक्षमा गए पनि उनीहरुमाथि अर्याल अपहरणको अनुसन्धान भने बाँकी नै थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुलुकी ऐन, २०२० को अपहरण गर्ने तथा शरीर बन्धक लिनेको महलमा उल्लेख भए अनुसार अपहरण तथा शरीर बन्धक भएको मितिले ६ महिना तथा शरीर बन्धकबाट छुटेको तीन महिनाभित्र अनुसन्धान सकेर मुद्दा अदालतमा टेकाउनुपर्ने प्रावधान छ। 

टण्डनसहितका व्यक्ति मुरारका अपहरण घटनामा पुर्पक्षमा हुँदा बुटवल प्रहरीले उनीहरुमाथि अनुसन्धान नै नगरी उन्मुक्ति दिएको पाइएको हो। पुर्पक्षमा रहेका अभियुक्तलाई झिकाएर अनुसन्धान गर्नुका साटो बुटलव प्रहरीले ६ महिनासम्म पनि त्यस घटनामा चासो देखाएन। ६ महिनासम्म पनि अनुसन्धान सकेर मुद्दा नबुझाएपछि अर्याल अपहरणमा टण्डनले उन्मुक्ति पाए। 

६ महिनासम्म मुद्दा चल्ने म्याद हुँदासम्म डीएसपी जगतमान श्रेष्ठ, अनुसन्धान अधिकृत इन्सपेक्टर नवीन क्षेत्री, अनुसन्धान सहयोगी सई रोमबहादुर वली, अनुसन्धान सहयोगी असई चुडामणी शर्मा र अनुसन्धान सहयोगी प्रहरी जवान राजकुमार बिक थिए। 

कारबाहीका लागि सिफारिस भएका अन्य प्रहरीले भने म्याद सकिएको मुद्दाको अनुसन्धान गर्न भन्दै अनुसन्धान अधिकारी तोकिएको पाइएको छ।  हदम्याद नै सकिएको मुद्दाको अनुसन्धान गर्न भन्दै अनुसन्धान अधिकारी तोक्दै २०७७ सालसम्म उक्त मुद्दालाई जीवितै राखेका थिए। यसमा प्रहरीको गम्भीर लापरबाही भएको भन्दै उनीहरुमाथि पनि कारबाहीको सिफारिस भएको छ। सोही अनुसार उनीहरुसँग पनि स्पष्टीकरण माग गरिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

अनि खुल्यो म्याद गुजारेको पोल 
अपहरण मुद्दामा दोषी ठहर भएका टण्डनको गत चैत १२ गते कैद सजाय पूरा भयो। तर, उनीविरुद्ध बुटवलमा अपहरण, ज्यान मार्ने उद्योग लगायतको अभियोग थियो। सोही अनुसार अनुसन्धानका लागि केन्द्रीय कारागार सुन्धाराले टण्डनलाई बुटवल प्रहरीको जिम्मा लगायो। 

टण्डनलाई इलाका प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएपछि बुटवलका तत्कालीन डीएसपी मदन कुँवरले १४ वर्ष पुरानो अर्याल अपहरणको फाइल पल्टाए। उक्त अपहरण घटनामा म्याद लिएर टण्डनमाथि अनुसन्धान सुरु भयो। अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पुग्यो।

जब सरकारी वकिल कार्यालयले उक्त मुद्दाको मिसिल अध्ययन गर्‍यो, त्यसपछि खुल्यो म्याद गुजारेको पोल। ६ महिनाभित्रै अनुसन्धान सकेर अदालतमा मुद्दा टेक्नुपर्ने विषयमा म्याद गुज्रेको साढे १३ वर्षपछि आएपछि उक्त मुद्दा अघि बढ्न सकेन। त्यसपछि टण्डन जेलमुक्त भएका थिए। 

उक्त विषय बाहिर आएपछि महान्यायधीवक्ता कार्यालयले दोषी प्रहरीमाथि अनुसन्धान गरेर कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएको थियो। सोही अनुसार हेडक्वार्टरले समिति बनाएर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्