काठमाडौं– प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
बागमती प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश १ ले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो। प्रदेश १ की अप्सरी बेगमले ६१ बलमा २ चौकासहित सर्वाधिक ५१ रनमा अविजित रहिन्।
स्मृति कटवालले २० र सबनम राईले १५ रन जोडिन्। बागमती प्रदेशकी तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र स्पिनर खुशी डंगोलले २र२ विकेट लिइन्।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५९ रन मात्र बनाउन सक्यो। बागमतीकी सुमन खतिवडाले २३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २१ रन बनाइन्।
अश्मिना कर्माचार्यले १० रन बनाइन्। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। रुविना क्षेत्री, ज्योति दनुवार र अलिसा खडियाले १–१ विकेट लिए।
प्रदेश १ समूह ‘ए’ बाट २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ। लुम्बिनी प्रदेश २ खेलबाट ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।