काठमाडौं- कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै लुम्बिनी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ।
मैदान भिजेका कारण ६ ओभरमा झारिएको खेलमा लुम्बिनीले १८ रनको सामान्य लक्ष्य पाएको थियो।
सो लक्ष्य लुम्बिनीले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गर्यो।
लुम्बिनीका लागि लक्ष्मी चौधरी १२ र नेरी थापा ५ रनमा अविजित रहिन्।
फाप्ला क्रिकेट मैदानमा यसअघि कर्णालीले ६ ओभरमा ३ विकेट गुमाएर १७ रन जोडेको थियो।
कर्णालीका लागि कप्तान आयुशा टन्डन र दिक्ष्या पुरीले समान ७/७ रन जोडिन्।
लुम्बिनीका लागि सुस्मिता भुषालले दुई तथा नेरी थापाले एक विकेट लिएकी थिइन्।
चार टोली रहेको समूह ‘ए’मा लुम्बिनीले लगातार दोस्रो जित हात पार्दै २ खेलबाट ४ अंक जोडेको छ। प्रदेश १ को २ अंक रहेको छ।
कर्णालीले भने लगातार २ खेलमा पराजित छ। बागमती प्रदेशले पनि पहिलो खेलमा पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।