काठमाडौं– कैलालीमा घाँटी छिनाएको अवस्थामा एक युवाको शव भेटिएको छ। कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दास मृत भेटिएका हुन्।
स्थानीय अमरावती सामुदायिक जंगलमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी वेदप्रकाश जोशीले बताए। प्रहरीका अनुसार नग्न बनाएर हात पछाडि लगेर रुखमा बाँधेको अवस्थामा घाँटी रेटिएको शव भेटिएको हो। शरीर र टाउको समेत छुट्टिएको छ।
पुस २ गते साँझ घरबाट निस्केका उनी घर फर्केका थिएनन्। पुस ३ गते जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। तालिमप्राप्त कुकुर र विज्ञसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।