काठमाडौं– आइतबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय तथा चाँदीको मूल्य ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन छापावाला सुन ९४ हजार तथा तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो।
यस्तै, शुक्रबार १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले घटेर १२ सय४५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।