काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरको प्रहरी प्रमुख फेरिएका छन्।
गृह मन्त्रालयले शुक्रबार विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीलाई दिएको हो।
मैनाली युनएन मिसनबाट फर्किएपछि प्रहरी प्रधान कार्यालयमै कार्यरत थिए। यसअघि विमानस्थलको प्रहरी प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बाँस्तोला भने पारिवारिक कामका लागि बिदामा बसेका छन्।
उनको जिम्मेवारी अहिले तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।