काठमाडौं- काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले पाएका छन्।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका एसएसपी अशोक सिंहको स्थानमा गिरीको काज सरुवा भएको हो। सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए।
गिरी यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा थिए। एसएपी सरुवा गर्ने निर्णय गृहमन्त्रालयले यसअघि नै गरेको भए पनि कार्यान्वयन भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।